नासामा नेतृत्व विकासको प्रशिक्षण

0
715

विर्तामोड ।

आफना सदस्यको क्षमता अभिवृद्धि गर्दै नेतृत्व विकासका लागि सक्षम वनाउने उद्येस्यले नारि संकल्प (नासा) ले झापाको विर्तामोडमा तीन दिने प्रशिक्षण प्रारम्भ गरेको छ ।

विर्तामोड उद्योग वाणिज्य संघको सहयोगमा नारि संकल्पले नेतृत्व विकास र उद्घोषण सम्वन्धि तालिमको आयोजना गरेको हो ।

रचनात्मक सामाजिक क्रियाकलाप गर्दै महिलालाई आत्मनिर्भर एवं स्वरोजगारमूलक वनाउने उद्येस्यले गत वर्ष स्थापित नारि संकल्प नामक सस्थामा ५० भन्दा बढी महिलाहरु आबद्ध छन । कादम्बिनी प्रोग्राम प्रोडक्सन एण्ड ट्रेनिङ्ग सेन्टरको प्रशिक्षण कक्षमा आयोजित तालिम उद्घाटन गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष कमार भट्टराईले सवल समाज निर्माणमा यस प्रकारका कार्यक्रम महत्वपूर्ण हुने वताउनु भयो ।

सस्थाकी अध्यक्ष तुलसा मैनाली खरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा वडाका मेलमिलाप केन्द्र संयोजक प्रेम क’मार खरेल , स्थानिय टोल बिकाश सस्थाका अध्यक्षहरु गुरु प्रसाद अधिकारि , सुरेन्द्र नेपाल ,राजेन्द्र खरेल , प्रगति महिला समुहकी अध्यक्ष माया प्रधान लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

तालिममा संचारकर्मी हरु केशव भट्टराई र स्वस्तिका आचार्यले सहजीकरण गनु हुने आयोजक सस्था नारि संकल्प (नासा)कि सदस्य पारु श्रेष्ठले जानकारी दिनु भयो । तालिममा ३० भन्दा बढी महिला प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

सस्थाकी सदस्य समिक्षा प्रसाईले औचित्यमाथि प्रकाश पार्नु भएको कार्यक्रममा चण्डिका गौतमले स्वागत मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here