ग्रीन फिल्ड वल्र्डको तेस्रो बार्षिकोत्सव

१० फाल्गुन २०७६, शनिबार मा प्रकाशित

बिर्तामोड ।

झापा बिर्तामोड–१ को ग्रीन फिल्ड वल्र्ड स्कुलले तेस्रो बार्षिकोत्सवका अवसरमा विविध खेलकुद कार्यक्रम गरेको छ ।

बिद्यालयले शनिवार फिल्ड इभेन्ट अन्र्तगतका बर्षभरी भएका खेलकुदहरुका पुरस्कार तथा फिल्ड इभेन्ट तथा ट्रयाक्क इभेन्टसहित विभिन्न साँस्कृतिक कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो ।

बिद्यालयका अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर शिक्षा अधिकृत दिनेश आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । बिद्यालयका प्रिन्सिपल पियुस रोयले स्वागत गरेको कार्यक्रमलाई शिक्षिका सुशिला घिमिरे तथा शिक्षक बिनय राईले सञ्चालन गरेका थिए ।

कार्यक्रममा बिद्यालयका निर्देशक आनन्दकुमार बस्नेत, समाजसेवी सुरेन्द्र बस्नेत, बिर्तामोड नगरपालिका वडा नं. ३ का अध्यक्ष भोजराज सिटौला, नगर शिक्षा अधिकृत केशर खवासलगायतको उपस्थिति थियो । नर्सरीदेखि कक्षा–१० मा अध्यापन हुने बिद्यालयका ४ सय बिद्यार्थी र ६५ जना बढि शिक्षक, शिक्षिका तथा कर्मचारी रहेको बिद्यालयका निर्देशक आनन्दकुमार बस्नेतले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here