गोमेन्द्र बिर्तामोडलको २४औं वार्षिकोत्सव

0
958

बिर्तामोड।

बिर्तामोड–४ मा रहेको गोमेन्द्र बिर्तामोडल सेकेण्डरी स्कूलको २४औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यालयका संस्थापक प्रिन्सिपल गणेशप्रसाद खनालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर शिक्षा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयकी सहनिर्देशक गीता खनालले स्वागत गरेकी थिइन् ।

युकेजीका विद्यार्थीले संस्कृतका स्तोत्र वाचन गरेर आफ्नो भाषा, धर्म संस्कृतिलाई भुल्नु हुँदैन भन्ने सन्देश दिएर शुरु गरिएको कार्यक्रममा विद्यार्थीले राष्ट्रिय गीतले स्वागत गर्दै राष्ट्रप्रतिको सम्मान प्रकट गरेका थिए ।

विद्यालयका प्रिन्सिपल उत्तम खनालले विद्यालयको गतिविधि र भावी योजना प्रस्तुत गरेको कार्यक्रममा विद्यार्थीले गीत, नृत्य, नाटक, राइम्स, कविता वाचन, फेसन सो लगायत प्रस्तुत गरेर अभिभावकको मन जितेका थिए ।

कार्यक्रममा स्वर्गीय जयनारायण स्मृति पुरस्कारबाट मेची टाइम्स दैनिककी सम्पादक सुशिला संग्रौलालाई पुरस्कृत गरिएको छ । त्यस्तै स्वर्गीय देवका ढकाल स्मृति प्रतिष्ठानबाट पूर्व प्राथमिकतर्फ संयोग पाठक, प्राथमिकतर्फ कदिप अधिकारी, निमावितर्फ अदिती आचार्य, मावितर्फ कविता कार्कीडोली र निश्चल भण्डारीलाई स्वर्गीय देवका ढकाल स्मृति पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी धनमाया शर्मा पुरस्कार र पूजा शर्मा पुरस्कार नमिता अधिकारीलाई प्रदान गरिएको छ भने उत्कृष्ट कर्मचारी सम्मान अनिता थापामगरलाई प्रदान गरिएको छ । कार्यक्रममा अभिभावकहरु सन्तोष निरौला, आरती निरौला, दिवाकर दास र गीता दासलाई उत्कृष्ट अभिभावक सम्मान प्रदान गरिएको छ भने २०७६ सालको एसईई परीक्षामा ए ग्रेड ल्याउने विद्यार्थीहरु उत्सव न्यौपाने, सौरव गुप्ता, चाँदनी मिश्र, प्रमिश राई, पंकज घिमिरेलाई नगद पाँच हजारसहित पुरस्कृत गरिएको छ ।

त्यस्तै वर्ष अनुशासित विद्यार्थी कृतिका मैनाली र वर्षभर सफा भएर विद्यालय आउने विद्यार्थी मनषा विमलीलाई पुरस्कृत गरिएको छ । त्यस्तै वर्ष उत्कृष्ट विद्यार्थीको रुपमा निश्चल भण्डारीलाई पुरस्कृत गरिएको कार्यक्रममा अभिभावक कमल लुइँटेलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर शिक्षा अधिकृत केशरबहादुर खवास, एक्सेल डेभलपमेन्ट बैंकका कम्पनी सचिव श्याम बोहोरा, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्दप्रसाद रिजाल, विद्यालयकी संस्थापिका बुध खनाल, डा. रुपक खनाल, तेजेन्द्र उप्रेती, लक्ष्मी गौतम, कृष्ण हुमागाईं लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक शेखर पाण्डे र विद्यार्थीहरु निश्चल भण्डारी, स्नेहा गुप्ता, दिव्यम् श्रेष्ठ र दिया गुरुङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here