शिक्षक संघ वाह्दशीको दोस्रो साधारण सभा

0
631

बिर्तामोड ।

नेपाल शिक्षक संघ वाह्दशी गाउँपालिकाको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

नेपाल शिक्षक संघ वाह्दशी गाउँपालिकाका अध्यक्ष तुलाराम निरौलाको अध्यक्षता तथा वाह्दशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी रुपाकुमारी राईले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा वाह्दशी गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशी , नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेल, सदस्य राम बुढाथोकी, नेपाल शिक्षक युनियन झापाका सचिव तोयानाथ दाहाल , नेपाल शिक्षक महासंघ झापाका अर्थ सचिव लीलाप्रसाद भण्डारी , नेपाल शिक्षक हित वचत तथा ऋण सहकारी संस्था वाह्दशीका अध्यक्ष वेदप्रसाद खरेल , नेपाल शिक्षक युनियन वाह्दशीका अध्यक्ष कमलप्रसाद चम्लागाईं , नेपाली कांग्रेसका नेता भगीरथ पोद्धार, दयानन्द गोश्वामी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल शिक्षक संघ वाह्दशी गाउँपालिकाका अध्यक्ष तुलाराम निरौलाले वार्षिक प्रतिवेदन र अर्थ सचिव टीका गणेशले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वाह्दशी गाउँपालिकामा स्थायी भएर आउने शिक्षकहरुलाई स्वागत गरिएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव गुणनिधी लुईंटेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here