बरिष्ठ लोक गायक एल.पी. जोशी सम्मानित

0
939

दुहागढी ।

आईतमाया थेबे वर्ष उत्कृष्ट प्रतिभा सम्मानबाट बरिष्ठ लोक गायक एल.पी. जोशी सम्मानित भएका छन् ।

चारआलीका थेबे परिवारवाट आफ्नी दिवंगत माताको स्मृतिमा स्थापित प्रतिष्ठानले स्थापनाको ९ औं वार्षिक उत्सवमा उनलाई सम्मान गरेको हो । उनलाई नगद रु ११ हजार १ सय ११ सहति सम्मान पत्रवाट कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य गोपाल चन्द्र बुढाथोकीले सम्मान गरेका थिए ।

कार्यक्रममा २ जना ज्येष्ठ नागरीकहरु जय प्रसाद प्रसाईं र राधा देवी प्रसाईलाइ समेत सम्मान गरीएको थियो । प्रतिष्ठानले विगत ८ वर्ष देखी हरेक वर्ष आईतमाया थेबेको जन्मजयन्तीको अवसर पारेर स्थानीय तथा राष्ट्रिय स्तरका उत्कृष्ठ प्रतिभाहरुलाई सम्मान गर्दै आएको छ ।

प्रतिष्ठानका उपाध्यक्ष अर्जुन थेबेले स्वागत गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लाल बहादुर थेबेले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल भारत मैत्रीसंघ मेचीनगरकी अध्यक्ष राधिका गुरुङ्ग, मेचीनगर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष नरेन्द्र धिमाल, स्रष्ठाहरु मुनाराज शेर्मा, शिवशंकर थापा, सम्मानीत व्यक्तित्व जोसी र प्रमुख अतिथि बुढाथोकीले मन्तव्य राखेका थिए ।

प्रतिष्ठानका अध्यक्ष लालबहादुर थेबेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव विश्व थापाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here