पुष्पलाल मित्रता केन्द्र संगठन विस्तारमा

0
710

झापा ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालका वैचारिक एवम् राजनीतिक नीतिहरुको प्रचार–प्रसार गर्ने र समाजवादी आन्दोलनमा टेवा पुर्याउने उद्देश्यले गठित पुष्पलाल मित्रता केन्द्रले संगठन विस्तारलाई तीव्रता दिएको छ ।

यसै सन्दर्भमा प्रदेश नम्बर २ को ढल्केबरमा केन्द्रको प्रादेशिक भेला सम्पन्न भएको छ । प्रदेश नम्बर २ का इञ्चार्ज तथा मित्रता केन्द्रका केन्द्रीय उपाध्यक्ष यदुवंश झाको अध्यक्षतामा भएको कार्यक्रममा राजकुमार यादवको संयोजकत्वमा ३७ सदस्यीय प्रदेश कमिटी गठन गरिएको मित्रता केन्द्रका महासचिव रविन कोइरालाले जानकारी दिए ।

मित्रता केन्द्रको संगठन विस्तार अभियान अन्तर्गत यो पाँचौं प्रदेश कमिटी निर्माण भएको उपाध्यक्ष झाले बताए । उपाध्यक्ष झाका अनुसार सातै प्रदेशमा कमिटीहरु निर्माण गरिने छन् ।

देशभरीका सबै जिल्ला र स्थानीय तहसम्म कमिटीहरु विस्तार गरिने र चैत १७ गते काठमाडौंंमा केन्द्रीयस्तरको कार्यकर्ता भेला आयोजना गरिने महासचिव कोइरालाले बताए । मित्रता केन्द्रका केन्द्रीय अध्यक्ष जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश नम्बर २ का आठ वटै जिल्लाका ६० जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here