बिर्तामोडमा न्यू रेनो ट्राइबर सार्वजनिक

0
1381

चारपाने।

पूर्वका कार प्रयोग कर्ताको लागि बिर्तामोडमा नयाँ मोडलको गाडी आइतबारबाट बिक्री शुरु भएको छ ।

सहारा अटोमोवाइल्स प्रालिद्वारा बिर्तामोडमा सञ्चालित रेनल्ट शोरुममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कुमार भट्टराईले नयाँ गाडी (न्यू रेनो ट्राइबर)को अनावरण गरेर बिक्री शुभारम्भ गरेका हुन् ।

कम्पनीले नेपाली बजारमा यसको मूल्य २८ लाख २० हजार रुपैयाँ तोकेको छ । ट्राइबर आरएक्सई भेरियन्टको मूल्य २८ लाख २० हजार, आरएक्सएल भेरियन्टको मूल्य ३१ लाख ६० हजार र आरएक्सजेड भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको हो ।

रेनो ट्राइबर नेपाली बजारमा पाँच सिटर अप्सन र तीन भेरियन्टमा उपलब्ध हुनेछ । तर, रेनोले भारतीय बजारमा यसलाई ७ सिट क्षमतामा बिक्री गरिरहेको छ ।
आरएक्सई, आरएक्सएल र आरएक्सजेड भेरियन्टमा आउने रेनो ट्राइबर म्यानुअलसँगै अटोमेटिक ट्रान्समिशनमा उपलब्ध हुनेछ । यो मोडलमा १.० लिटरको ३ सिलिन्डर पेट्रोल इञ्जिन दिइएको छ ।

उक्त इञ्जिनले ६२५० आरपीएममा ७२ पीएस पावरका साथै ३५०० आरपीएममा ९६ एनएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिशनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसको लम्बाइ ४ मिटरभन्दा कम रहेको छ ।

कारको लम्बाइ ३९९० एमएम, चौडाइ १७३९ एमएम र उचाइ १६४३ एमएम रहेको छ भने ह्वीलबेस २६३६ एमएम रहेको छ । १८२ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा ४० लिटर क्षमताको इन्धन ट्यांकी दिइएको छ ।

सहारा अटोमोवाइल्स एण्ड कम्पनी प्राइभेट लिमिटेडका अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालका लागि आधिकारिक बिक्रेता एड्भान्स अटो मोवाइल्स प्रालिका जिएम अधिरकुमार श्रेष्ठ, डिल सेल्स मेनेजर विपुल भट्टराई, सहारा अटोमोवाइल्सका सदस्य अर्जुन चुडाल, सहारा साकोसका कोषाध्यक्ष डम्बर देउजा, ग्लोवल आईएमई बैंक प्रदेश १का रिजनल मेनेजर कवीन्द्र रेग्मी, मुक्तिनाथ बैंकका रिजनल मेनेजर मनोज बिष्ट लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन शुक्रबहादुर तामाङले गरेका थिए ।

उद्घाटनकै दिन श्रेष्ठ सप्लायर्स चन्द्रगढीका सञ्चालक रुक्मिना चौहान श्रेष्ठले रेनो ट्राइबर खरिद गरेकी थिइन् । उनलाई सोही कार्यक्रममा चावी हस्तान्तरण गरिएको थियो । त्यसैगरी आजै चार वटा गाडी बुकिङ भएको बताइएको छ ।

बिर्तामोडका हरि धिमाल, ताराबहादुर दाहालले रेनो ट्राइबर, दमकका देउकुमार राईले क्विड, बिर्तामोड बैशाबाडीका लक्ष्मण खतिवडाले डस्टर बुकिङ गरेको रेनल्ट शोरुममा बिर्तामोड प्रमुख ओमप्रकाश बिमलीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here