जीवन रक्षाको चिन्ता

0
488

सम्पादकीय

महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमणले विश्वको अर्थ व्यवस्थालाई समेत प्रभाव पारेको छ । विश्व बजारमा व्यापारिक दृष्टिले महाशक्ति भएको चीनमा शुरु भएको कोरोना अन्य मुलुकहरुमा समेत फैलिनेक्रममा छ । चीनको हुबे प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट चीनमा मात्रै प्रचहत्तर हजारभन्दा बढी मानिस सङ्क्रमित छन् । विश्वका छब्बीस नेपाल फेला परेका कोरोना भाइरस सङ्क्रमित मानिसका कारण यसले ठूलै विनाश निम्त्याउने जोखिम देखिएको छ । नेपालमा हालसम्म एक जनामा मात्र यसको सङ्क्रमण पुष्टि भए पनि सजगता र सतर्कता नहुने हो भने सीमा जोडिएका कारण कोरोनाले भयावहता नल्याउला भन्न सकिने अवस्था छैन।

छिमेकी भएका कारण र हवाइ र स्थल मार्गबाट जोडिएका यी दुई देशका बीच शदीयौं पुरानो व्यापारिक सम्बन्ध रहिआएको छ । कृषि क्रान्तिमा अग्रणी ठहरिएको चीनले खाद्य वस्तु समेत निर्यात गर्दै आएको छ । भाइसको सङ्क्रमणका कारण त्यस्ता खाद्यवस्तुको आयात हुन छाडेपछि नेपाली बजारमा उपभोग्य बस्तुहरुको मूल्य आकाशिएको छ । लसुन, प्याज, लत्ताकपडादेखि सुनसम्मका वस्तुको मूल्य बढेको सम्बद्ध पक्षले जनाएका छन् । अहिले खाद्य एवम् उपभोग्य वस्तुहरुको आयात चीनबाट सर्र्वािधक भइरहेको छ । विश्व बजारमै एकाधिकार जस्तै बनाएको चीनबाट इलेक्ट्रोनिक्स वस्तु समेतको आयात कोरोना भाइरसकै कारण ठप्प छ । यो सँगै नेपालमा निर्माणाधीन अवस्थाका विकास आयोजनाहरु समेत चिनीया प्राविधिक र जनशक्तिको अनुपस्थितिमा रोखिएका छन् ।

महाशक्ति भएकै कारण भाइरसको उच्च प्रभावमा पनि चीनले तत्काल उपचारात्मक सेवा बिस्तार गरी आफ्ना जनताको जीवन रक्षा गरेको छ । उच्च सतर्कता, सजगता र अग्रसरताले भाइरसको जोखिम न्यूनीकरण भए पनि यसको सङ्क्रमण फैलिँंदै गएको छ । पछिल्लो समय दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण उच्च देखिएको सञ्चार माध्यमहरुले जनाएका छन् । त्यहाँ हजारौं नेपाली रहेका कारण नेपाल सङ्क्रमणको जोखिममा रहने खतरा बढेको छ । चीनमा रहेका नेपालीहरु भाइरसमुक्त रहेको बताइएको छ, तर भइहाले कसरी सुरक्षित हुने भन्ने तर्फ हाम्रो न सतर्कता छ न त प्रभावकारी कार्यान्वयन नै । यस्तो अवस्थाले मूल्यवृद्धिभन्दा जीवनको रक्षालाई प्राथमिकता दिनु बुद्धिमानी हुन्छ ।

नेपाल भ्रमण वर्ष शुरु भएको दोस्रो महिना चल्दैछ । पर्यटकहरुको माध्यमबाट देशको पहिचान र समृद्धि स्थापित गर्ने सरकारको लक्ष्यलाई कोरोना भाइरसले प्रतिकूल बनाइदिएको छ । नेपाल आउने पर्यटकहरुमा चिनियाको सङ्ख्या उल्लेख्य रहने कारणले सरकारको लक्ष्य प्रभावित हुने निश्चित छ । चिनीयाहरुको आगमन जोखिमयुक्त रहने अवस्था एकातिर प्रमुख समस्या हो भने अर्कातर्फ चीनबाट आयात ठप्प हुँदा यहाँको आर्थिक जीवन पनि प्रभावित हुन्छ । यस्तो अवस्थामा सरकारले सचेतनासँगै उपचारात्मक र प्रवद्र्धनात्मक कार्यक्रमहरुका साथ विपद्सँग लड्ने सामथ्र्य जुटाउनुपर्छ । अन्यथा कोरोना भाइरसको सङ्क्रमणले दीर्घकालीन प्रभाव छाड्ने निश्चित छ । यसका लागि प्रमुख नाका लगायतका प्रवेश मार्गमा परीक्षण एवम् उपचारको विश्वासयोग्य सेवा तत्काल शुरु गर्नुपर्छ । यसतर्फ स्वास्थ्य मन्त्रालयसँगै सरकारको गम्भीर अग्रसरता देखियोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here