व्याक्तिगत स्वार्थभन्दा माथि उठेर समाज सेवामा लाग्न जोड

0
500

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

रोटरी क्लब काँकरभिट्टाको दशैं चार्टर डे तथा १ सय १५ औँ रोटरी अन्तर्राष्ट्रिय डे विविध कार्यक्रमसहित सम्पन्न भएको छ । रोटरी क्लब काँकरभिट्टाको स्थापना सन् २०१० मा स्व. अरुण कुमार श्रेष्ठको अगुवाईमा यहाँका विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गरेर बसेका २३ जनाबाट क्लब भएको हो ।

झापाको मेचीनगर —६ काँकरभिट्टास्थित होटल हिकोला हेरीटेजमा आयोेजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि डिष्ट्रिक गर्भनर नोमिनि सन्तोष रिजालले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दैं उहाँले रोटरी एउटा नाफामुलक संस्था नभएर सामाजिक सेवाप्रति सर्मपित संस्था रहेको बताउनुभयो । हरेक आफ्ना लागि मात्र नभएर समाज र दीन दुखीका लागि पनि केही गर्नुपर्ने भन्दैं आफुले आर्जन गरेको केही रकम समाजसेवामा लगाउनुपर्ने उहाँको भनाई थियो । रोटरीले हरेक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गदैं उहाँले अब आफ्नो लागिमात्र होइन समाजका लागि पनि केही गर्नुपर्छ भन्ने हरेको सोच हुनुपर्ने बताउनुभयो ।

रोटरी भनेको आफ्ना स्वार्थभन्दामाथि उठेर मानवीय सेवामा समर्पित एउटा नाफारहति समाजकालागि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच भएका निःस्वार्थ भावनाले समाजमा केही गरौं भन्ने विभिन्न क्षेत्रमा सक्रिय उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु अटाउने सामुहिक संस्था भन्दैं उहाँले यसले देश विकासमा निक्कै ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

रोटरी क्लब काँकरभिट्टाको सन् २०१९ का अध्यक्ष मोहन निरौलाको सभापतित्वमा भएको कार्यक्रममा प्रेसिडेण्ट नोमिनि तथा सन् २०२२ —२०२३ का अध्यक्षम सुजन प्रधानले रोटरी क्लब काँकरभिट्टाको विगत तथा वर्तमानका बारेमा सहभागीलाई जानकारी गराउनुभयो । उपचारको पहुँचबाट टाढा टाढा रहेका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको, क्यान्सर जस्तो प्राणघातक रोगकाबारेमा चेतनाप्रदान गर्ने उद्देश्यले वार्षिकरुपमा कार्यक्रम आयोजना गरेको प्रधानको प्रस्तुतीकरणमा उल्लेख छ ।

अध्यक्ष निरौलाले रोटरीले क्लब अफ काँकरभिट्टाले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, खेलकुद वातावरणलगायतका क्षेत्रमा निक्कै काम गरेको बताउनुभयो । निरौलाले रोटरीले शिक्षाका क्षेत्रमा धेरै काम गरेको बताउदैं काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत ४ जना, मेचीनगरकै बाहुनडाँगीमा रहेको अर्काे विद्यालयमा जेहेन्दार र आर्थिक अवस्था अलि कमजोर भएका विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गरेको र मेची आधारभूत विद्यालयलाई यस क्लबले ‘एडप’ गरी हरेक योजना दिने गरेको जानकारी गराउनुभयो ।

सोहि अन्तर्गत क्लबले विद्यालयमा खानेपानीको व्यवस्था, कम्प्युटर प्रदान गरेको श्रव्य दृश्य मार्फत पठन पाठनलाई सहज र सरल बनाउनका लागि ‘इ लर्निङ प्रोजेक्ट’ मार्फत शिक्षकहरुलाई तालिमको अवसर प्रदान गरेको तथा सोहि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनुभयो ।

सोहि अवसरमा दुर्गाबहादुर लुईँटेल, भगिरथ राई , बशन्त तिवारी, कपिल थापा क्षेत्री र रोट्रयाकबाट रोटरीको सदस्यता लिने विवेक श्रेष्ठलाई प्रमुख अतिथि डिष्ट्रक गर्भनर नोमिनि सन्तोष रिजाल, विशिष्ट अतिथि असिष्टेन्ट गर्भनर कुमार गिरीले सदस्यताको सपथग्रहण गराउदैं रोटरीको पिन प्रदान गर्नुभयो ।

सेक्रेटरीमा उदयकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा सदस्यता विस्तार समितिका प्रमुख मेदनीप्रसाद खरेलले पाचैजना सदस्यहरुलाई क्लबमा प्रवेश गराउनुभएको थियो । कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु बालाजित राई, गोपाल तामाङ, दिलिप सुवेदी, राजु महर्जन, राधिका गुरुङ, अशोक श्रेष्ठलगायतले आ आफ्नो विचार राख्नुभएको थियो ।

रोटरी क्लब काँकरभिट्टाको सन् २०२०—२०२१ को प्रिसिडेण्ट कृष्णकान्त खनियाले सवागत गर्नुभएको कार्यक्रममा सन् २०२१—२०२२का प्रिसिडेण्ट रोहितकुमार बुडाथोकीले सहभागी सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here