मातृशिशु स्वास्थ्य सम्बन्धी प्रशिक्षण

0
1111

बिर्तामोड।

बाह्रदशी गाउँपालिकाका महिलाहरुलाई मातृ शिशु स्वास्थ्य सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।

महिला तथा बाालबालिकाको जीवन रक्षा र स्वास्थ्य सुनिश्चित गर्न आवश्यक बस्तु तथा सेवाका बारेमा ग्रामीण समुदायका महिलाहरुलाई जानकारी दिने उद्देश्यले बाह्रदशी गाउँपालिका– ४ मा मातृ शिशु स्वास्थ्य कार्यक्रम गरिएको हो ।

प्रत्येक एक हजार जिवित शिशुको जन्म हुँदा २१ जनाको मृत्यु हुने तथ्यांक युनिसेफले सार्वजनिक गरेपछि नेपालमा नवजात शिशु मृत्यु दर घटाउन विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । युनिसेफको तथ्यांक अनुसार पाँच वर्षमुनिका बालबालिकाको प्रति हजारमा ३९ रहेको भन्दै अहिले स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रमम गरिरहेको छ ।

राजवंशी समाज विकास समिति बाह्रदशीको आयाोजनामा चकचकीमा भएको प्रशिक्षणमा बाह्रदशी गाउँपालिका स्वास्थ्यय शाखा प्रमुख राम साह र चकचकी स्वास्थ्य चौकीका अहेव रामनारायण शर्माले महिलाहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।

राजवंशी समाज विकास समिति बाह्रदशीकी अध्यक्ष सुकमति राजवंशी सृजनाको अध्यक्षतामा भएको कार्यक्रममा बाह्रदशी गाउँपालिका– ४ का वडाध्यक्ष समिम मियाको प्रमुख आतिथ्य रहेको थियो । समितिकी सदस्य सुशीला राजवंशीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा बाह्रदशी गाउँपालिका मूल महिला समूहकी अध्यक्ष रेणुका भुर्तेलले मातृशिशु स्वास्थ्यको बारेमा धारणा राखेकी थिइन् ।
६५ जनाभन्दा बढी महिलाहरुको सहभागितामा भएको कार्यक्रममा स्वागत संस्थाकी उपाध्यक्ष पद्मादेवी राजवंशीले गरेकी थिइन् भने सञ्चालन सचिव विष्णुदेवी राजवंशीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here