२२२ जनाको आँखा परीक्षण

0
600

बिर्तामोड।

ज्येष्ठ नागरिक पुरानो चौतारी अर्जुनधारा–५ बैसाबाडीको आयोजना तथा मेची आँखा अस्पताल सैनिकमोडको प्राविधिक सहयोगमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शिविरमा दुई सय २२ जनाले सेवा लिएका छन् । जसमध्ये १३ जनामा मोतियाविन्दुको समस्या भेटिएकाले निःशुल्क शल्यक्रियाका लागि अस्पताल पठाइएको बताइएको छ । ज्येष्ठ नागरिक पुरानो चौतारीका अध्यक्ष जीवनकुमार खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा छ वर्षदेखि ९० वर्षसम्मका व्यक्तिले आँखा जाँच गराएका थिए ।

कार्यक्रम अर्जुनधारा नगरपालिका वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारतीको प्रमुख आतिथ्यमा भए टोल विकास समिति अर्जुनधारा–५ को टोल नं. २ का अध्यक्ष ओमप्रकाश लुइँटेलले जानकारी दिए ।

कार्यक्रममा राम कृषि समूह, राधेश्याम कीर्तन मण्डली, ओम टोल, सुपारी सहकारी संस्था, नमूना कीर्तन मण्डली, महाकाली ग्रामस्थान मन्दिर, नवज्योति प्राथमिक विद्यालयका प्रधानाध्यापक व्यवस्थापन समितिका अध्यक्षले शिविर सञ्चालनका लागि सहयोग पु¥याएको बताइएको छ ।

मेची आँखा अस्पतालकी प्राविधिक कविता कार्की कडरियाले गाउँ–गाउँमा आँखा स्वास्थ्य शिविरको आयोजना गरेर धेरै सेवाग्राहीलाई अस्पतालले सहजरुपमा सेवा प्रदान गरेको बताइन् ।
संस्थाका उपाध्यक्ष उमाकान्त ढुंगेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव हेमराज सापकोटाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here