वडाले दियो सुत्केरीलाई घ्यु

0
960

विनोद सापकोटा / शिवसताक्षी ।

भिमकुमारी राई ३९ वर्षकी भईन् । शिवसताक्षी नगरपालिका वडा नम्बर १० निवासी उनलाई वडा कार्यलयले वुधबार एउटा झुल, पोषणयक्त घ्यू र हर्लिक्स दिएपछी खुसीले गद्गद् हुदै भनिन्, ‘वुढेसकालमा सुत्केरी हुदा पनि सरकारले हेर्दो रहेछ ।’
उनलाई मात्र होईन, वडा नम्बर १० ले वडाका १७ सुत्केरी महिलालाई एक किलो घ्यु, हर्लिक्स र झुल प्रदान गरेको हो ।

गत वर्ष देखी लागु भएको यो कार्यक्रम नगरको अन्य वडामा छैन । २० वर्ष देखी माथीको उमेरमा दुई मात्र सन्तान जन्माउने आमाले सुत्केरी पोषण युक्त सामाग्री र एउटा झुल पाउने वडा अध्यक्ष कर्णवहादुर थापाले बताएका छन । सुत्केरी वसेकै ठाँउमा पुगेर शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र वडा अध्यक्ष कर्णवहादुर थापाले वडा नम्बर १० को सभाहलमा आयोजित एक कार्यक्रममा पोषणयुक्त सामाग्री घ्यु, हर्लिक्स र झुल प्रदान गरेका हुन ।
वडामा जन्म दर्ता भएको अभिलेखको आधारमा सुत्केरी ले यो सुविधा पाउने गरेका छन । गत वर्ष देखी शुरुभएको कार्यक्रममा वडा मा आउने सिलिङ बजेटबाट वचाएर वडा कार्यपालिकाले यो कार्यक्रम संचालन गर्दे आएको छ । ‘हामीले अघिल्लो वर्ष १ लाखमा मात्र यो कार्यक्रम संचालन गरेका थियौ’, नपुगेपछी यो वर्ष त्यसलाई वढाएर १ लाख ५० हजार पुर्याएका छौ ।’ वडा अध्यक्ष थापालेभने ।

पोषण युक्त सामाग्री लिन वडा कार्यलय शिसु सहित पुगेका सुत्केरी आमाले सुत्केरीको अभिभावकत्व ग्रहण वडा कार्यलय ले गरेको अनुभुती आफुहरुलाई भएको बताए । सवैकोे घरमा सुत्केरीको उचित स्याहार —सुसार र खानपानमा ख्याल पुर्याईदैन । पोषण युक्त घ्यु, हर्लिक्स झुल दिएर वडाले आफ्ना परिवारका अग्रजलाई जिम्वेवारी सिकाएको उनिहरुले वताएका छन । समयमा खाना, आराम, स्वास्थ्यको हेरचाहको आवस्यक्ता भईरहेको वेला भान्सा र मेलापातमा काम गर्नुपर्ने महिलाको दिनचर्यालाई सुत्केरी अवस्थामा पनि नछोड्ने उनिहरुले वताए ।

शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार सेर्माले १० नम्वर वडाका अध्यक्ष कर्णवहादुर थापाको खुलेर प्रससा गर्दे भने, ‘भिजन भएका वडा अध्यक्षको काम गर्ने शैलिबाट नगरकार्यपालिका प्रभावित भएको छ । डेढलाखले यो कार्यक्रम गर्न नपुगे थप आर्थिक मदत नगरपालिकाले गर्ने छ ।’ उनले, अन्य वडाले यस्ता रचनात्मक कार्यको अनुषरण गरे समाज प्रति जिम्वेवार भईने बताए ।

विगतको तुलनामा अहिले स्वास्थ्यप्रति अधिकाशं नागरिक सचेत हुदै आएकाले नगरमा मातृ तथा शिशु मृत्युदरमा कमि आएको उनले जानकारी दिएका छन । पोषणको कमीले हुने कुपोषणको समस्या न्युन मात्रामा देखिएको बताउदै उनले भने, ‘नेपाल सरकारले स्वास्थ्यलाई प्रथामिकतामा राखेर कार्यक्रमहरु सञ्चालन गरिरहेकोले स्वथ्य रहनका लागि खानपान सँगै व्यक्तिगत र वातावरणीय सरसफाईमा विशेष ध्यान सवै नगरवासीले दिनुपर्छ ।’ बालवालिकाको शारीरिक, मानसिक र बौद्धिक वृद्धि विकासका लागि बच्चा जन्मिएपछि २ वर्षसम्म खानपानमा विशेष ध्यान दिनुपर्ने उनले बताएका छन ।

नगरकी उपप्रमुख भोजकुमारी नेपालले महिलाका लागि वडाले राम्रो कार्यक्रम ल्याएको भन्दै यसको अनुसरणका लागि नगर स्तरीय कार्यक्रम संचालन गर्न पालिकामा छलफल गर्न सकिने बताईन । यस्ता रचनात्मक कार्यक्रम वडामा मात्र सिमित राख्नु भन्दा पनि नगरभरीनै लागु गर्न सकिए मुलुकभरीनै राम्रो शन्देश जाने उनको उनको भनाइ थियो । विकास निमार्ण र समृद्धिको कुरा गरिरहदा मानविय स्वास्थ्य प्रमुख रहेको ले यस्ता कार्यक्रम संचालन गर्न सकिने उनले वताईन । कुनै पनि गतिविधि सञ्चालनका लागि पहिला स्वस्थ हुनु जरुरी रहेकाले प्रत्येक व्यक्ति आफुनो र परिवारको स्वास्थ्य प्रति सचेत रहनुपर्ने उनको धारणा थियो ।

सुत्केरी पोषण वितरण कार्यक्रमकी संयोजक मन्जु कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सदस्य भाष्कर सिटौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here