काठमाडौं, 
नेकपा (माले) का महासचिव सीपी मैनालीको परिवार नै दुर्घटनामा परेको छ।
महोत्तरीको रातु खोला पुलमा भएको दुर्घटनामा मैनालीसहित उनका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन्।
घाइतेमध्ये मैनाली र बुहारी पूजाको अवस्था गम्भीर छ। मैनालीको टाउकोमा गहिरो चोट लागेको छ भने दाहिने खुट्टा भाँचिएको छ प्रहरीले जानकारी दिएको छ। झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना४ख ७६६८ गाडीसँग महोत्तरीको बर्दिवास नगरपालिका-३ मा ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले मैनालीलाई थप उपचारका लागि काठमाडौं पठाइएको जानकारी दिए। मैनालीको महोत्तरीस्थित जनसेवा अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको हो।-थाहाखबरबाट































