परिवर्तन आउँदैछ धामी—झाँक्रीमा

१५ फाल्गुन २०७६, बिहीबार मा प्रकाशित

लक्ष्मी उप्रेती

मेचीनगर,

झापा मेचीनगर— ६ काँकरभिट्टा तल्लो भानुटोलका ७० वर्षीय टीकाप्रसाद खानाल गाउँघरमा नाम चलेका धामी वैद्य हुन् । छरछिमेकमा कहि कसैलाई अलिकता दुःख बिराम पर्दा खनालको काम आउने गर्छ । खनाल झारपफूकका साथै पुरोहित पेशामा पनि सक्रिय भएकाले उनलाई नचिन्ने मान्छे भने कमै छन् ।


यदि मानिस विरामी भए कित खानलकै घरमा उपचारकालागि विरामी लिएर आफ्न्त आउँछन् या गाडी लिएर खनाललाई लिन आउँछन् । लिन आए पछि खनाल बिरामीकै घरमा जानुपर्छ । खनालप्रति धेरैको विश्वास छ । उनले फूकफाक गर्दा गाउलेहरु बिरामी निको हुने आशा गर्छन् । लामो समयअघिदेखि धामी वैद्यको काम गदैं आएका खनाल आफुले फूकफाक गरेपछि बिरामीलाई अस्पताल लैजान समेत सुझाँव दिन्छन् ।

‘विरामी भएपछि एउटा विश्वास लिएर झारफूक गर्न म कहाँ आउछन्’ खनाल भन्छन्—‘बिरामीलाई झारफुक गरेर अस्पताल गएर उपचार गराउन बिरामीका आफ्न्तलाई सुझाउने पनि गर्छु । ’विशेषगरी खनालकोमा बालबच्चा बढी आउँछन् । मान्छेमात्र होईन चौपाया समेत विरामी हुदा किसान उनलाई बोलाउन आईहल्छन् । कहि कसैका गाईगोरु, रागा भैसी, खसीबाख्रालगायत अन्य चौपाया बिरामी भईहाले सबैले पहिला खनाललाई नै खोज्छन् । १८ बर्षको उमेरदेखि धामी बैद्यको काम गर्दैं आएका खनालले भने— ‘जंगली लागेको, टोलाउने, लोलाउने, रिङ्गटा लाग्ने मोचमार्ने लगायतका बिरामी आउँछन् म आफुले जाने सम्म झारफुक गरिदिन्छु र बेलैमा अस्पताल लैजान सल्लाह दिन्छु । ’ उनी कहाँ झाडा पखाला, टाईफाईट, निमोनियालगायतका विरामी समेत आउने गर्छन तर यस्ता बिरामीको उपचार आफुबाट सम्भव नहुने भन्र्दै बेलैमा अस्पतालमा लैजान सुझाँव दिन्छन् ।

दशकअघिदेखि धामी पेशा गदैं आएका वीरबहादुर मगर यतिबेला भने आफ्नो पेशामा त्यति विश्वास गर्दैनन् । उनी भन्छन् —‘जस्तो सुकै बिरामीलाई फुकेरै निको पार्न सकिन्छ भनेर म धेरै अडान लिन्थे । तर अहिले उनीसंग झारफूक गर्न जो कोहिलाई पहिला सोध्छन् अस्पताल गईयो त ? अस्पताल नजानेलाई आफुले झारफूक गरेपछि तत्काल चिकित्सककहाँ लैजान सल्लाहा दिन थालेका छन् । ’ अहिले विरामीलाई झारफूक गरी अस्पताल पठाउने खनाल र मगर त प्रतिनिधि पात्र मात्र हुन । सरकारले एकिकृत पोषणसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरे पछि यतिखेर प्रायः अधिकाँश धामी —झाँक्री बदलिँदै आउन थालेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्ता अभिमुखीकरण तालिममा सहभागी भएपछि धेरै धामी —झाँक्रीमा परिवर्तन आएको कार्यालयको भनाई छ ।

शुरुमै सामान्य विरामी पर्दा धामी—झाँक्रीको भरपर्ने अन्त्यमा सिकिस्त भएपछि मात्र अस्पताल र स्वास्थ्य केन्द्र धाउँने गरेका घटना प्रश्स्त छन् । स्वास्थ्यकर्मी दिलीप सुवेदी भन्छन्—‘शुरुमा यस्तो समस्या धेरै थियो अहिले क्रमस कम हुदै जान थालेको छ । यसलाई उनले मानिसप्रति चेतनाको विकास बृद्घि भएको बताउँछन् ।’ सुवेदीले भने— ‘एकहप्तासम्म झाडा पखाल लाग्दा घरमै बसेर धामी—झाँक्रीलाई झारफूक गर्न लगाउने अनि जब बिरामी सिकिस्त हुन्छ त्यसबेला स्वास्थ्य केन्द्र र अस्पताल धाउँने गरेका कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको थियो । सुवेदीका अनुसार ग्रामीणक्षेत्रमा बसोबास गर्ने अधिकतर व्यक्तिहरु अहिले पनि पहिला स्वास्थ्य सेवा लिन धामी— झाक्री, बैद्य, विजुवा, तथा धार्मिक गुरुहरुकहाँ जाने गरेका छन् । गाउँघरमा अझै पनि झारफूकको परम्परा कायमै छ भने पुरोहितहरुको भनाइलाई मान्ने प्रचलन पनि यथावत छ । झारफुक पछि मात्र उनीहरु अस्पताल धाउँने गरेका छन् ।

अहिले तत्काल धामी—झाँक्रीले बेलैमा अस्पताल जाने सल्लाह दिन थालेका छन् । यसले गर्दा विरामीले बेलैमा उपचार पाउँछ र ज्यान जानबाट जोगीन सकिन्छ । यस्ता समस्या कम गर्न उनीहरुलाई पछिल्लो समय विभिन्न संघ संस्थाले स्वास्थ्य शिक्षा सम्बन्धी अभिमुखिकरण तालिम प्रदान गर्न थालेका छन् । सर्वसाधारण लगायत धामी—झाक्रीमा स्वास्थ्य तथा शिक्षा सम्बन्धी जनचेतना आएका कारण पनि यतिखेर धामी झाक्रीले बेलैमा बिरामी स्वास्थ्यचौकी र स्वास्थ्यकर्मीकहाँ पठाउन थालेको बताइएको छ
सरकारले धामी— झाक्री, बैद्य, विजुवा, तथा धार्मिक गुरुहरुलाई एकिकृत पोषणसम्बन्धी तालिम, दिइएको छ । यसले गर्दा पनि धेरै तथा धामी— झाक्री, बैद्य, विजुवा, तथा धार्मिक गुरुहरुले आफुकहाँ झारफूक गर्न आउने जो कोहिलाई झारफूक पछि अस्पताल पठाउन थालेका छन् ।

पोषण अवस्थामा सुधार ल्याउन सरकारले विविध कार्यक्रम सञ्चालनमा ल्याएको भएपनि हाल कार्यक्रम बन्द भएको छ । महिला तथा बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन एकिकृत पोषणको जानकारी स्थानीय झाक्री, बैद्य, विजुवा, तथा धार्मिक गुरुहरुलाई गराउन तालिम शुरु गरिएको भएपनि हाल तालिम बन्द भएका कारण समस्या छ । अभिमुखीकरणबाट विरामी बच्चा तथा महिलाहरुको पोषणसम्बन्धी समस्याको पहिचान हुनुको साथै समयमै विरामीहरुस्वास्थ्य संस्थामा जान थालेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here