बिर्तामोड,
बिर्तामोड नगरपालिका वडा न.छ को कार्यालयले जेष्ठ नागरिक सम्मान कार्यक्रम आज सम्पन्न गरेको छ ।
वडा कार्यलय ६ ले एक कार्यक्रमको आयोजना गरी अस्सी बर्ष भन्दा माथिका ८६ जेष्ठ नागरिकलाई सम्मान गरेको हो । सूर्य प्रसाद कन्दङवाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथीमा प्रदेश सांसद एक राज कार्की रहनु भएको थियो भने विशिष्ट अतिथिहरुमा विर्तामोड नगरपालिका प्रमुख धुव्र कुमार शिवाकोटी उपप्रमुख पवित्रा महतरा प्रसाई ,वडा न.२ का वडाअध्यक्ष नगेन्द्र संग्रौला ,वडा न ३ का वडाअध्यक्ष भोजराज सिटौला ,कार्यपालिका सदस्य सुरैन्द्र राजवंशी ,अलैची व्यवसायी संघका महासचिव सुभाष भट्टराई, समाजसेवी राम कुमार कन्दङवा ,दाताराम खनाल को आतीथ्ता रहेको थियो ।

कार्यक्रको उद्घाटन प्रमुख अतिथी प्रदेश सांसद एक राज कार्कीले पानसमा दिप प्रज्जवल गरेर र ब्यानर पढेर गर्नु भएको थियो।कार्यक्रमको स्वागत वडा सदस्य पबित्रा ढुङगानाले गर्नु भएको थियो, भने कार्यक्रमको औचित्य माथि प्रकाश वडा सदस्य पर्शुराम खनाल ले गरेको कार्यक्रमको शुभकामना मन्तव्यको क्रममा विर्तामोड नगरपालिका प्रमुख धुव्र कुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाई ,नगेन्द्र संग्रौला ,दाताराम खनाल लगायतले यस्ता कार्यक्रमहरु टोल टोलमा सबै वडामा हुनु पर्ने धारणा राख्नु भएको थियो। प्रमुख अतिथि एकराज कार्की ले जेष्ठ नागरिक जिउदा भगवान् हुन जेष्ठ होस्टलको व्यवस्था हुनु पर्ने जहाँ बृदा हरुलाई पैसा तिरेर रारुने व्यवस्था गरेमा राम्रो हेरचार हुने बिचार व्यक्त गर्नु भएको थियो । भने कार्यक्रमका्े संचालन राम बिष्टले गर्नु भएको थियो।
—































