रोङमा मौरीपालन फस्टाउदै

0
698

गोबिन्द पौडेल

रोङ,

गाउपालिकाले मौरी पालनको लागि बिशेष कार्यक्रम संचालनमा ल्याएपछि यसको ब्यवसाय फस्टाउदै गएको छ ।
च्ुारे क्षेत्रमा पर्ने यस गाउपालिकाले चुरे संरक्षण , बिषादी न्युनिकरण र किसानहरुको आय आर्जनमा बृद्धि गराउन मौरी पालनको कार्यक्रम हुरु गरेको थियो । स्थानिय निकायमा जनप्रतिनिधिहरु आएपछि मौर्री रिसर्च सेन्टरको स्थापना गरेर थालनी गरिएको कार्यक्रम अहिले आएर रोङको कोहेलीको रुपमा बजारमा शुद्ध मौरीको मह बजारमा आइसकेको छ । शुरुका बर्ष मौरी पालनको लागि ८ लाख रकम बिनियोजन गरेर थालिएको कार्यक्रमलाइ कार्यप्रगति मुल्याङ्कनको आधारमा दोश्रो बर्ष २० लाख रुपैया बिनियोजन गरि संचालित रहेको छ ।


बार्षिक ५ सय किलो मह उत्पादनको लक्ष्य राखेर गरिएका कार्यक्रम अनुसार चालु बर्षको अर्धबार्षिक मुल्याङ्कमा ३ सय ८० किलो मह उत्पादन भएको छ । गाउपालिकाले कार्यक्रमको अनुगमन गर्न जन प्रतिनिधि र कर्मचारी सहितको अनुगमन टोलि बनाएर गत माघ ६ गतेबाट ८ गतेसम्म किसानकै घरमा पुगेर अनुगमन गरेको थियो। वडा नं ३ का वडाध्यक्ष मात्रिका बराल, कार्यपालिका सदस्य बिमला तामाङ्ग, मौरी बिकास केन्द्रका प्रमुख कुमार मोक्तान र कृषि कर्मचारी रमा गुरागाइको टोलिले वडा नं १ र २ , वडा नं ३ का वडाध्यक्ष टेक बहादुर तामाङ्ग मौरी बिकास केन्द्र किटेनिका प्रमुख कुमार मोक्तान र रोङका कृषि शाखा प्रमुखसन्तोष लेप्चाको टोलिले वडा नं ६ ,वडा नं १ का वडाध्यक्ष बुद्धि बहादुर ढकाल वडा सदस्य केशर प्रधान र कृषि कर्मचारी मोहन अधिकारीले वडा न ३ र४मा अनुगमन गरेको बिबरणमा चालु बर्षमा ५० प्रतिसत अनुदान प्राप्त किसानहरुले ४१ आधुनिक घार ४९ मुडे घारमा ८६ किलो मह उत्पादन गरेमा थियो । यस प्रतिसत अनुदान पाएका १४ किसानहरुले १ सय ३३ आधुनिक १७ मुडे घारमा २ सय ९४ किलो मह उत्पादन गरेको मौरी बिकास केन्द्र किटेनिका प्रमुख कुमार मोक्तानले बताए । उत्पाद गरेको मह आफ्नै ब्राण्डमा लेबलीङ्ग गरेर मह प्रतिकिलो १ हजार २ सयमा बेच्न थालिएको रोङ गाउपालिकामा महको माग अति धेरै आएपनि पूरा गर्न नसकिएको कारण वजारको संभावना धेरै रहेको छ । कार्तिक मंसिर बर्षको पहिलो सिजन र च्ौत्र बैशाख दोश्रो सिजन रहने मौरी पालन ब्यवसायमा रोङ ६ का किसान पूर्ण बहादुर राइले सबै भन्दा बढी ६६ किलो मह उत्पादन गरेको छन् । कम लगानी र मेहनतमा उत्पादन गरि आय आर्जनमा समेत बृद्धि गराउन सकिने कार्य रहेकोले किसानहरुको आर्कषण पनि मौरी पालनमा बढ्दै गएको छ ।किसानले बारी र बिरुवामा छर्ने गरेको बिषदीले मौरी मर्ने भएको कारण बिषादीको प्रयोग घटेको र चुरे क्षेत्रका जमिनमा खेतीपातीको सट्टा मौरीलाइ चाहिने फुलजन्य बोटबिरुवा लगाउदा चुरे क्षेत्रमा भूक्षय समेत न्यून गर्न चुरे संरक्षणको लागिसमेत मौरी पालन ब्यवसाय थालिएको गाउपालिका अध्यक्ष समसेर राइको भनाइ रहेको छ
औषधिय गुणको भण्डार मानिने महबाट मानब शरीरलाइ चाहिने काब्रोहाइडेट, प्रोटिन म्याग्नेसियमर भिटामिन, हेमोग्लोबिन र ग्लोकुज पाइने गरेको रुघा खोकी,कब्जियत, सुख्खा खोकी, रक्त अल्पदा, दुब्लोपन, मोटोपन मानसिक समस्या , अनिन्द्रा, हाडजोर्निको समस्या लगायतको दर्जनौ रोगिको लागि अचुकबाण मानिने गरेको बिज्ञहरुको भनाइ रहेको छ .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here