शिक्षिकाको भेला दुहागढीमा

0
827

दुहागढी ।

मेचीनगर नगरपालिका अन्तगर्तका बाल बिकास केन्द्रमा कार्यरत शिक्षिकाहरुको भेला शुक्रवार दुहागढीमा सम्पन्न भएको छ । मेचीनगर शिक्षा शाखाको आयोजना तथा स्थानीय बाल सुवोधिनि आधारभुत विद्यालयको आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

बाल सुवोधिनि आधारभुत विद्यालयमा संचालीत नमुना बाल बिकास केन्द्रको अवलोकन गराई त्यहा अवलम्वन गरीएका सफल अभ्यासहरुलाई मेचीनगर क्षेत्रका सवै बाल बिकास केन्द्रमा पु¥याउने उद्देश्यका साथ भेलाको आयोजना गरीएको हो ।

भेलामा मेचीनगरका ४२ जना बाल बिकास शिक्षिकाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा मेचीनगर शिक्षा शाखाका लोक बहादुर दाहालले नगरको शैक्षिक गतिवीधिका बारेमा जानकारी दिदै शैक्षिक गुणस्तर अभिबृद्धिमा बाल बिकास शिक्षकहरुको योगदानको बारेमा चर्चा गरेका थिए ।

भेलामा सहभागी बाल बिकास शिक्षकहरुले आफुहरुलाई सरकारले सेवा सुविधामा विवेद गरेको गुनासो गरेका थिए । कार्यक्रमको सभापतित्व गर्दै वाल सुवोधिनि आधारभुत विद्यालयका प्रधानाध्यापक विश्व थापाले विद्यालयले अवलम्वन गरेका सफल अभ्यासका वारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here