बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका – ४ मा रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १८ करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको छ ।
सहकारीले शुक्रवार झापाको बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गर्दै सहकारीले १८ करोड ४७ लाख १५ हजार ९ सय ५० रुपैयाँ निक्षेप संकलन गरेको जनाएको हो ।
सहकारीका अध्यक्ष यामकुमार चुडालले माघ मसान्तसम्ममा सहकारीको शेयर पूँजी २ करोड ४४ लाख २९ हजार ८ सय रुपैयाँ पुगेको बताएका छन् । सहकारीको माघ मसान्त सम्मको बचत ६५ लाख ५९ हजार ६ सय ५ रुपैयाँ रहेको सहकारीका सचिव मेघराज बास्तोलाले बताएका छन् ।
यसैबीच सहकारी सामाजिक सेवामा क्रियाशील रहेको पाइएको छ । हल्दिवारी गाउँपालिका गाउँपालिका – २ मा रहेको राष्ट्रिय एकता आधारभूत बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई ३३ हजार रुपैयाँ बरावरको जुत्ता मोजा, उपलब्ध गराउनने भएको छ । विपन्न वर्गका वालवालिकालाई सहकारीले जुत्ता मोज्जा उपलब्ध गराउन लागेको सहकारीका अध्यक्ष चुडालले जानकारी दिए ।
त्यस्तै बिर्तामोड– नगरपालिकाको कञ्चनमार्ग अन्तरगत कञ्चनजंघा एफएम चौकसम्म फूलका विरुवा रोप्न २५ हजार रुपैयाँ सहयोग गर्न लागेको हो । बिर्तामोड – १० मा रहेको श्रीकृष्ण प्रणामी सत्सङ्ग सेवा परिषदलाई १५ हजार रुपैयाँ र बिर्तामोड ३ मा रहेको विराटपोखरमा विराट ज्योर्तीलिङ्ग मन्दिरलाई ११ हजार रुपैयाँ प्रदान गर्न लागिएको सहकारीका व्यवस्थापक कृष्णप्रसाद खरेलले जानकारी दिए ।
त्यस्तै पत्रकार सहारा उपचार कोषका लागि सहकारीले २० हजार रुपैयाँ उपलब्ध गराएको छ ।































