५० श्ययाको सैनिक अस्पताल सञ्चालनमा

0
778

इटहरी,

इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० श्ययाको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज एक समारोहबीच अस्पतालको उद्घाटन गर्दै नेपाली सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवार स्वास्थ्य समस्याबाट पीडित भएर काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्यका लागि सेनाले अस्पताल निर्माण गरेको बताउनुभयो ।

अस्पताल सञ्चालनमा आएपछि प्रदेश एक तथा आसपासमा बसोवास गर्ने सेनाका आफन्त तथा उनीहरुका आश्रितले सामान्य रोगको उपचार गराउन काठमाडौँ जानु नपर्ने बताउनुभयो । यहाँ उपचार हुन नसक्ने बिरामीको लागि विराट अस्पतालसँग सम्झौता भएकाले तुरुन्तै यहाँबाट रेफर गरेर पठाइने बिरामीको त्यस अस्पतालमा सबै किसिमको उपचार हुने समेत उहाँले बताउनुभयो ।

प्रधानसेनापति थापाले अहिले यस अस्पतालमा बहालवाला सेना तथा उहाँका आश्रितको मात्र उपचार हुने भए पनि पछि यहाँका जनप्रतिनिधि तथा उद्योगी व्यापारीको अनुरोधमा सर्वसाधारण नागरिकको पनि उपचार गराइने बताउनुभयो । हाल यस अस्पतालबाट छातीरोग, बालरोग, स्त्रीरोग, दन्त चिकित्सा, हाडजोर्नी तथा मेडिकल सेवा उपलब्ध हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here