झापा ।

दोलखा घर भएकी बालिका खड्का नाम गरेकी एक महिलाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेकी छन् ।
उनले शुक्रवार मुद्धा दर्ता गरेकी हुन् । काठमाडौं जिल्ला अदालतमा मुख्यमन्त्री राईविरुद्ध पति दावी गर्दै उनले मुद्दा दायर गरेकी हुन् ।
मुलुकी फौजदारी संहिताको दफा २१५ बमोजिम आफूले अंश पाउनु पर्ने माग सहित उनले मुद्धा दर्ता गरेको अदालत श्रोतले जनाएको छ ।
शुक्रबार मुद्धा दर्ता गर्न पुगेकी खड्काले राईसँग आफ्नो बिवाह भएको दावी गर्दै अंश मुर्दा दर्ता गरेकी हुन् । बिवाहपछि आफू घरेलु हिंसामा परेको समेत उजुरीमा उल्लेख गरिएको छ ।































