राजयोग मेडिटेशन तालिम सम्पन्न

0
1122

बिर्तामोड ।

झापाको बिर्तामोड ४ मा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा राजयोग मेडिटेशन तालिम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

आन्तरीक शान्ति एवम् खुशीका लागि राजयोग मेडिटेशन तालिममा संस्थाका सञ्चालक समितिका पदाधिकारी ,लेखा समितिका पदाधिकारी, ऋण उपसमितिका पदाधिकारी , शिक्षा तथा तालिम उपसमितिका पदाधिकारी , कर्मचारी , शेयर सदस्य गरी तीन सय भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले स्वागत तथा औचित्यमाथी प्रकाश पार्दै संस्थाको सर्वाङ्गिण विकासका लागि तालिमको आयोजना गरिएको जानकारी दिए ।

उक्त तालिमको सहजीकरण वरिष्ठ राजयोग प्रशिक्षक तथा उत्प्रेरणात्मक प्रवचक राजु घलेले गरेका थिए । घलेले तालिमका सहभागीहरुलाई मनमा शान्ति र खुसी ल्याउन अपनाउनु पर्ने उपाय , तनाब सृजना हुने कारण र त्यसलाई अन्त्य गर्ने उपाय , सन्तुष्टि प्राप्त गर्ने उपाय लगायतका विषयमा जानकारी गराएका थिए ।

उनले जीवनशैली , खानपान , योगा , संस्थामा रहँदा आफना कर्मचारीलाई गरिने व्यवहार लगायतका विषयमा समेत सहभागीलाई जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका विभागिय प्रमुख विजय वस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here