सुरुङ्गामा जिल्ला स्तरीय महिला फुटबल

0
832

सुरुङ्गा ।

कनकाई मा.वि. को खेल मैदानमा फागुन १८ गतेबाट पाँचौ जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

‘खेलकुद मार्फत राष्ट्रिय निर्माणको अभियान’ मूल नारा बनाएर खेलकुदको क्षेत्रमा प्रशंसनीय योगदान पु¥याउँदै आएको कनकाई खेलकुद प्रतिष्ठान (कासा) को आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा पाथीभरा महिला फुटबल टिम कचनकवल गाउँपालिका , झापा गाउँपालिका, हल्दिबारी गाउँपालिका, दमक नगरपालिका, जुनतारा खेलकुद क्लब खुदुनावारी, पारिजात महिला फुटबल क्लब सालबारी, शिवसताक्षी नगरपालिका र आयोजक कनकाई खेलकुद प्रतिष्ठान गरी जिल्ला भरिका आठ वटा टिमको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडा (दिनेश) ले जानकारी दिए ।

सात वटा उपसमिति गठन गरी आआफ्नो जिम्मेवारी अनुसार तयारी पुरा भएको प्रतिष्ठानका सचिव बिनोद रानाले बताए । खेलको प्रथम पुरुस्कार राशि साठी हजार र द्वितीय पैतिस हजार रहेको छ भने विजेता उपविजेता दुवैलाई ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक आर्थिक उपसमितिका संयोजक विनोद उप्रेतीले जनाएका छन ।

पाँचौं संस्करणको रुपमा रहेको सो प्रतियोगिता अन्तर्राष्ट्रिय नारी दिवसका दिन फागुन २५ गते समापन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here