भ्रमण वर्ष प्रवर्धनका लागि स्लो मोटरसाइकल रेस

0
961

भद्रपुर ।

झापाको भद्रपुरमा स्लो मोटरसाइकल रेस प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।

भद्रपुर जेसीजले भ्रमण वर्ष सन् २०२० प्रवर्धन गर्ने उद्देश्यले स्लो मोटरसाइकल रेस प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा विकास घिमिरे प्रथम, चन्द्र प्रधान दोस्रो र नवीन कार्की तेस्रो भएका छन् ।

प्रथम हुनेलाई नगद २ हजार, दोस्रो हुनेलाई १५ सय र तेस्रो हुनेलाई एक हजारले पुरस्कृत गरिएको थियो । नेपाल भारतको सीमा नाका मेची पुलमा कार्यक्रमको उद्घाटन गर्दै व्यानरसहित पदयात्रा गरी भद्रपुरमा मावि पुगेका थिए । भद्रपुर माविमा स्लो मोटरसाइकल रेस प्रतियोगिता गरिएको थियो ।

भद्रपुर जेसीजका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला लगायतका जनप्रतिनिधि, सुरक्षाकर्मी, जेसिजकर्मी, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here