गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित

0
640

काठमाडौँ, 

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न लाग्दा नेपाली काँग्रेसका सांसद प्रकाश रसाइलीले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गर्नुभयो ।

नेपालको संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव दर्ता निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित भएको हुनुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार तीन मिनेट घण्टी बजाई गणपूरक सङ्ख्या एकिन गर्दा ६९ सांसद उपस्थित हुनुपर्नेमा ५४ मात्रै उपस्थित भएपछि ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन ।

गणपूरक सङ्ख्या नभएपछि कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाइएको सभामुख सापकोटाले सदनलाई जानकारी गराउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार दिउँसो १ बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here