जिल्लास्तरीय हस्तलेखन प्रतियोगिता सम्पन्न

0
909

बिर्तामोड ।

अक्सफोर्ड एकाडेमिक ट्रेनिङ सेन्टर विर्तामोडको आयोजनामा अंग्रेजी विषयको जिल्लास्तरीय हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३६ वटा निजी बिद्यालयका ३६१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

गत पौष २० बाट शुरु छनौट प्रक्रियामा जुनियर तर्फ कक्षा ४ देखि कक्षा ६ बाट २९ जना र सिनियर तर्फ कक्षा ७ देखि कक्षा १० बाट ४४ जना गरी ७३ जना विद्यार्थीहरु फाइनल प्रतियोगितामा छनौट भएका थिए ।

जुनियरतर्फबाट प्रथम मिनु दास, द्धितिय सृष्टिका आचार्य , तृतीय युनिसा ठकाल, सान्त्वना रिजन निरौला , ओसन नेंवाङ्ग, प्रज्ज्वल लिम्बू, प्रगती गुप्ता र श्रुति लिम्बू सान्त्वना भएका छन् ।

सिनियर तर्फबाट प्रतियोगितामा प्रथम अस्मिता बान्तबा राई द्धितिय एन्थोन राई तृतीय सितल लामघादे , सान्त्वना प्रतिस्ठा डाँगी,रिया दाहाल,निश्चय खड्का,साहेब मुर्मु र निलिसा नेपाल सान्त्वना भएका छन् ।

विजेता प्रथमले ५ हजार, द्धितियले ३ हजार, तृतीयले २ हजार र सान्त्वनाले १ हजार सहित प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरेका छन् । छनौट प्रतियोगिताको निर्णायकहरुमा राजकुमार चौधरी र शृजन शर्मा रहेका थिए ।

अक्सफोर्ड एकाडेमिक ट्रेनिङ सेन्टर विर्तामोडका रुद्र मैनालीको अध्यक्षता तथा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सूवर्ण कुँवरले स्वागत गरेका थिए ।
े कार्यक्रममा प्याव्सन प्रदेश सदस्य जीवन पनेरुले शुभकामना मन्तव्य कार्यक्रमको संचालन अक्सफोर्ड एकाडेमिक ट्रेनिङ सेन्टरका प्रवन्ध निर्देशक केशब मैनालीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here