काँकरभिट्टा,

विद्यार्थीहरुलाई लक्षित गरेको झापाको आठवटा सामुदायिक विद्यलायका करीव ६ हजारबढी विद्यार्थीसहित शिक्षकको मुटु सम्बन्धि स्क्रिनिङ गरिएको छ ।
नेपाल हिर्दय रोग निवारण प्रतिष्ठानका कठमाण्डौ र एडवर्ड लाइफसाइन्स फाउडेशनको प्राविधिक सहयोगमा जिल्लाको मेचीनगर, विर्तामोड तथा चन्द्रगढीका आठवटा सामुदायिक विदालयका विद्यार्थी तथा शिक्षकको मुटु सम्बनिध स्क्रिनिङ गरिएको हो ।
रोटरी क्लब अफ विर्तामोड, विर्तामोड मिडटाउन, भद्रपुर र सुरुङ्गा तथा एक्सेल डेभलपमेन्ट बैंक हस्पिटालिटी पार्टनर होटल होलिडे होमको सहकार्यमा फागुन १७ देखि १९ गतेसम्म विद्यार्थीहरुलाई लक्षित गरेकोे निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सञ्चालन गरिएको कार्यक्रम संयोजक तथा विर्तामोड मिड टाउनका संस्थापक अध्यक्ष सन्तोष अग्रवालले बताए ।
सानै उमेरमा बालबालिकामा लाग्ने मुटुरोग पहिचान गरी समयमै उपचार गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो । शिविरमा मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर प्रकाशराज रेग्मी, डाक्टर सत्यनारायण सुवाल, बालमुटु रोग विशेषज्ञ डाक्टर उर्मिला शाक्य, डाक्टर प्रेमराज बैद्य, डाक्टर सीप ियादव, करण पोखरेललगायतले स्वास्थ्य परीक्षण गरेका थिए ।
नेपाल हिर्दय रोग निवारण प्रतिष्ठानका अध्यक्ष दीपेन्द्रपुरुष ढकाल सहभागी शिविरमा इकोकाड्यिोग्राफी गरिएको रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाका क्लब व्यवस्थापन संयोजक सुजन प्रधानले बताए ।
शिविरमा स्वास्थ्य परीक्षण गरिएका मध्ये मुटुमा समस्या भएकालाई नेपाल ह्र्ट फाउण्डेशन काठमाण्डौले अब हुने सवै उपचार निःशुल्क प्रदान गर्ने छ ।
२०४५ सालमा स्थापना भएको नेपाल हिर्दय रोग निवारण प्रतिष्ठान काठमाण्डौको झापासहित देशका ५२ वटा जिल्लामा शाखा रहेको र हालसम्म देशका ४५ वटा जिल्लामा मुटुरोग सम्बन्धि विभिन्न स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम गरेको छ । विशेषगरी बालबालिकामा हुने बाथमुटुरोगका बारेमा फाउण्डेशनले काम गदैं आएको छ ।































