सतासी सहकारीकोे २३ औ बार्षिकोत्सव

0
811

बिर्तामोड ।

झापाको बिर्तामोड ५ मा रहेको सतासी बहुमुखी सहकारी संस्थाले २३ औ बार्षिकोत्सवको अवसरमा २० जनालाई सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय सहकारी विकास बोर्डका सल्लाहकार सदस्य तथा एनएमसी वहुउद्धेशीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सञ्चालक सदस्य तथा कार्यक्रम संयोजक ध्रुव कनालले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी निरीक्षक डिल्ली दाहाल, महिला उद्यमी संघ झापाकी अध्यक्ष गोमा भट्टराई, कालिका वहुउद्धेशीय सहकारी संस्थाका अध्यक्ष कर्ण तामाङ गोम्देन , कामना विकास वैंकका व्यवस्थापक सूवर्ण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहकारी पसलको उत्कृष्ट कर्मचारीका रुपमा बिर्तामोड शाखाका सहकारी पसलका कर्मचारी टिका गुरुङ, उत्कृष्ट बजार प्रतिनिधि बिर्तामोड शाखाका बुल्टि बरहीलाई नगद ६ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो भने उत्कृष्ट कर्मचारी अर्जुनधारा शाखाका प्रमुख यादवप्रसाद घिमिरे, उत्कृष्ट शाखा सुरुङ्गाका प्रमुख उमेश चौहानलाई नगद ६ हजार , प्रमाण पत्र र पाँचदिनको मनोरञ्जन विदा समेत प्रदान गरिएको थियो।

त्यस्तै उत्कृष्ट बचतकर्ताहरुमा तारानाथ शिवाकोटी, दिपक घिमिरे, मदन शाह, प्रमोदकुमार गामी, वालकृष्ण पोखरेल , दिपक घोष , कमलप्रसाद भट्टराई, दिपेन्द्रप्रसाद सुडी , धुव्रराज राई , पिताम्वर अग्रवाललाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै असल ऋणिका रुपमा लिलामाया वजगाईं, सपन चौधरी, देवीमाया श्रेष्ठ, धनकुमारी प्रधान, टंकमाया राजवंशी, पदमलाल धिमाललाई पुरस्कृत गरिएको थियो । सोही कार्यक्रमका विच संस्थाले सञ्चालन गरेको सहकारी पसलमा रहेको डोनेशन वक्समा रहेको १० हजार ६ सय ७० रुपैयाँ र संस्थाको तर्पmवाट १० हजार ३ सय ५५ रुपैयाँ गरीे २१ हजार २५ रुपैयाँ डोनेशन रकम पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङलाई हस्तान्तरण गरिएको थियो ।

उक्त रकम पाथीभरा क्षेत्र विकास समितिका भरत खतिवडाले ग्रहण गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक सन्तोषकुमार श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here