अपराधविरुद्ध सचेतना तालिम प्रदान

0
785

बिर्तामोड ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४ ले धुलावारीका शेयर सदस्यहरुलाई सामाजिक अपराध न्युनीकरणमा समुदायको भूमिका तथा अपराधविरुद्ध सचेतना तालिम प्रदान गरेको छ ।

संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तंगत धुलावारी सेवाकेन्द्रमा आवद्ध शेयर सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले वताए ।

संस्थाका सचिव तथा शिक्षा तथा तालिम उपसमितिका संयोजक सुवास भट्टराईको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी राजेन्द्र पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षा तथा तालिम उपसमितिका सदस्य गणेशप्रसाद सुवेदीले स्वागत गरेका थिए ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले कार्यक्रमको औचित्यसहित संस्थाको बारेमा जानकारी गराएका थिए । उनले पछिल्लो समय विभिनन प्रकारका सामाजिक अपराध वढेकाले धुलावारी सेवाकेन्द्रमा आवद्ध शेयर सदस्यहरुलाई सामाजिक अपराध न्युनीकरणमा सक्षम वनाउन तालिम प्रदान गरेको बताए ।

कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी राजेन्द्र पोखरेलले गरेका थिए । उनले फेसबुक , ट्वीटर , ह्वाट्सएप , भाइवर ,इमोलगायतका सामाजिक सञ्जाल प्रयोग गरेर सामाजिक अपराधका गिरोह सक्रिय रहेकाले उनीहरुको प्रलोभनमा नपर्न आग्रह गर्दै त्यस्ता घटना घटे तत्काल प्रहरीलाई खवर गर्न सहभागीलाई आग्रह गरेका थिए ।

त्यस्तै उनले समाजमा हुने विभिन्न किसिमका अपराध अपराध हुने कारणहरु र त्यसलाई निराकरण गर्ने उपायहरुका बारेमा सहभागीहरुलाई जानकारी गराउँदै त्यसको न्युनीकरणका लागी प्रहरीलाई सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रमको संचालन संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here