प्रधानमन्त्री ओलीको दोस्रो पटक सफल मृगौला प्रत्यारोपण

0
1119

झापा।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।

१२ वर्षअघि भारतको एपोलो अस्पतालमा ओलीको पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । त्रिवि शिक्षण अस्पतालमा ओलीको दोस्रो पटक सफल मिर्गाैला प्रत्यारोपण गरिएको हो ।

अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताए । ‘सबै मुख्य सूचकाङ्कहरु राम्रो अवस्थामा रहेका छन् । प्रत्यारोपित मिर्गाैलाले काम गर्न सुरु गरिसकेको छ । प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ’, उनले भने ।

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण शल्यचिकित्सा टोलीमा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली र अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो ।

त्यसैगरी मिर्गाैला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली लगायतको टोली सहभागिता थियो ।

कार्यकारी निर्देशक डा. खड्गाका अनुसार एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवास आचार्य लगायतको टोलीको सहभागिता रहेको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान गर्ने भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना भएका थिए ।

ओलीको स्वास्थ्य लाभको कामना गर्दै शुभचिन्तकहरुले विभिन्न प्राथना गरेका थिए । सफल प्रत्यारोपण भएको खबर बाहिर आएलगत्तै सामाजिक सञ्जालमा धेरैले खुशी ब्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here