झापा।
पूर्वी पहाडी जिल्ला भोजपुरबाट सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सदस्य हतियारसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा घर भएका जिल्ला सदस्य समुत परियार रहेको प्रहरीले जनाएको छ ।
उनको साथबाट बम बनाउन प्रयोग गरिने डेटोनेटर दुई थान, थ्रीनट थ्री राइफलको गोली तीन थान, नेपाल टेलिकमको पाँच थान सिमकार्ड र एनसेलको एक थान सिमकार्ड बरामद भएको थियो ।
साथै परियारको साथबाट चन्दा असुली गरेको रसिद र पार्टीका केही दस्तावेज समेत बरामद भएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए ।






























