जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरिने

0
488

म्याग्दी,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सङ्गठन कमिटी म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश कमिटीको निर्देशनअनुसार हालै बेनीमा बसेको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले चैत १ गतेदेखि जेठ मसान्तसम्म जिल्लाव्यापी अभियान सञ्चालन गर्न जिम्मेवारी बाँडफाँट गरेको छ ।

स्थानीय तह र वडास्तरमा पार्टी एकतालाई थप सुदृढ बनाउने, जनवर्गीय सङ्गठनको एकतालाई पूर्णता दिने, जनप्रतिनिधि तथा कार्यकर्ता र जनताको बीचमा समन्वयको वातावरण बनाउने अभियान चलाउन लागिएको नेकपा म्याग्दीका संयोजक गोविन्द पौडेलले जानकारी दिनुभयो ।

‘‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार, सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ भन्ने नाराका साथ सञ्चालन हुन लागेको अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण, अन्तक्र्रिया, भेला र प्रशिक्षण कार्यक्रम गरिने भएको छ । पार्टी र जनवर्गीय सङ्गठनको एकतालाई सुदृढ बनाउँदै सरकारले गरेका कामलाई जनतामाझ पु¥याउने, भ्रम न्यूनीकरण गर्ने, गुनासो, सुझाव र अपेक्षा सङ्कलन गरिने संयोजक पौडेलले बताउनुभयो ।

चैत मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा जेठ मसान्तसम्म नयाँ सदस्यता विस्तार गर्ने, चैत २१ गते वडा तथा गाउँ कमिटीबीच अन्तक्र्रिया, २७ गते जिल्ला कमिटी र २९ गते जिल्ला प्रदेश, सङ्घीय सांसदका बीचमा अन्तक्र्रिया गरिने भएको छ ।

चैत १० गतेभित्र बाँकी रहेका जनवर्गीय सङ्गठनको एकताको घोषणा र अन्यले पालिकास्तरीय बैठकको आयोजना गर्ने निर्णय भएको नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले बताउनुभयो । छवटै स्थानीय तहमा फागुन २४ गते शनिबार एकै दिन पालिका कमिटीको पूर्ण बैठक, चैत मसान्तभित्र छवटै स्थानीय तहमा पार्टी कार्यालय स्थापना, कार्यालय सचिवको जिम्मेवारी तोक्ने, चैत ७ गते रघुगङ्गा, मङ्गला र धौलागिरि गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गर्ने कार्यक्रम तय भएको छ ।

अभियान सञ्चालनका लागि बेनी नगरपालिकामा हरिकृष्ण श्रेष्ठ र देव घले, अन्नपूर्ण गाउपालिकामा देवेन्द्र केसी र कुलविर राम्जाली, रघुगङ्गा गाउँपालिकामा विनोद केसी र बालकृष्ण सुवेदीलाई जिम्मेवारी तोकिएको छ । यसैगरी मङ्गलामा टेकबहादुर विक र देवराज सुवेदी, मालिकामा रेशम जुग्जाली र धौलागिरिमा नवराज शर्मा र थमसरा पुनलाई जिम्मेवारी दिइएको छ ।

नेकपा गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डे, स्थायी कमिटी सदस्य तथा सांसद थममाया थापा, जिल्ला इञ्चार्ज भुपेन्द्रबहादुर थापाको उपस्थितिमा बैठक सम्पन्न भएको थियो । स्थानीय तहका संयोजकले पार्टी र जनवर्गीय सङ्गठनका गतिविधि प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here