डिज्नीको अभिभावक दिवस सम्पन्न

0
1136

झापा।

झापाको बिर्तामोड–५ मा रहेको डिज्नी प्ले स्कुलले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर अभिभावक दिवस मनाएको छ ।

जिल्लाकै पहिलो मन्टेश्वरीका रुपमा २०६३ सालमा स्थापना भएको स्कुलमा हाल तीन सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयकी संस्थाक निर्मलाकुमारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा विद्यालयकी सह–संस्थापक डिम्पल अग्रवाल, प्रिन्सिपल सरद जोशी, रोटरीयन सन्तोष अग्रवाल, सिद्धर्थ नवीन लगायतको आतिथ्य रहेको थियो । अभिभावक दिवसको अवसरमा विद्यार्थीहरुले फेसन शो, विभिन्न नृत्य तथा अभिनय गर्नुका साथै बाल गायक प्रितम आर्चायले विभिन्न गित प्रस्तुत गरेका थिए ।

विद्यालय स्थापनको १३ वर्षको अवधिमा धेरै विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्न सफल भएको भन्दै अभिभावको विश्वास जितेकाले सबैको रोजाईको रुपमा डिज्नी प्ले स्कूल भएको प्रिन्सिपल जोशीले बताए ।

साना नानीहरुको शैक्षिक गुणस्तर विकाकिा लागि मन्टेश्वरी स्कूलहरुले ठूलो योग्दान पु¥याएको प्रदेश सांसद सरावगीले बताए । विद्यालयकी संस्थापक शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुभला तामाङले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here