शनिवारबाट जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिटन प्रतियोगिता हुँदै

0
1500

झापा ।

झापाको बिर्तामोडमा शनिवारबाट झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिटन प्रतियोगिता २०७६ सञ्चालन हुने भएको छ । स्वास्थ्य जीवनका लागि खेलकुद भन्ने नारा सहित जिल्लाका ४० बढी टिमलाई सहभागी गराएर प्रतियोगिता गर्न लागिएको हो ।

लायन्स क्लव अफ अनारमनीको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान एरिया चिफ लीला चिमरियाले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष शैलेन्द्रकुमार कुरुङ्वाङ्गले जानकारी दिए ।

व्याडमिटन खेलाडी उत्पादन गर्ने, युवालाई दुव्र्यसनीबाट मुक्त राख्ने, व्याडमिटन खेलको प्रचार गर्ने उद्देश्य सहित प्रतियोगिता गर्न लागिएको आयोजक समितिका सह कोषाध्यक्ष चित्रवहादुर पौडेलले जानकारी दिए ।

खुल्ला डबल र खल्ला भेट्रान गरी प्रतियोगिता दुई विधामा सञ्चालन हुने छ । खुल्ला डवलका विजेताले नगद २० हजार, उपविजेताले नगद १५ हजार र तेस्रो हुने टिमले नगद पाँच हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने भएका छन् ।

त्यस्तै भेट्रान डवलका विजेताले नगद १५ हजार र उप विजेताले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिले जनाएको छ । फागुन २६ गते समापन हुने प्रतियोगिता डिस्ट्रिक गर्भरनर इन्द्र राजन खत्रीको प्रमुख आतिथ्यमा हुने बताइएको छ । प्रतियोगिता महानन्द चौकस्थित बिर्ता व्याडमिटन क्लबको कवडहलमा हुने आयोजक समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here