गैडेमा पशुको स्वास्थ्य शिविर

0
2189

माईधार ।

शिवसताक्षी नगरपालिका पशु स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर १० स्थित गैडे माईधारमा शुक्रबार एक दिने पशुको स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थानीय गैडे सामुदायीक बन उपभोक्ता समितिको व्यवस्थापकीय सहयोगमा सामुदायीक भवन परिसरमा शिविर आयोजना भएको हो ।

पालिकाले चालु आवमा नगरभित्र सात वटा पशु स्वास्थ्य शिविर संचालन गर्ने लक्ष्य राखेको छ । दुई साता अघि ३ नम्बर वडाको पारावारी बजारमा पशुको स्वास्थ्य शिविर संचालन भएको थियो । नगरका विभिन्न वडामा शिविर संचालन हुने पशु स्वास्थ्य शाखाका प्रमुख रामअवतार यादवले जानकारी दिएका छन ।

घरपालुवा पशुपंक्षीको व्यवासायीक पालनका लागि किसानलाई उत्साहित वनाउन र मासु जन्य वस्तुमा नगरलाई आत्मनिर्भर बनाउन शिविर आवश्यक रहेको नगरकी उपप्रमुख भोजकुमारी नेपालले बताईन । किसानलाई राहत पुग्ने कायक्रम नगरले आयोजना गरिरहेपनी स्वयम किसान त्यसका लागि जागरुक र लागिपर्नुपर्ने उनले बताईन । पशुको कृतिम गर्वाधान सेवा, गर्भ परिक्षण, प्रयोग शाला, वन्धयाकरण, खोप तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

शिवसताक्षी नगरपालिका वडा नम्बर १० का अध्यक्ष कर्णवहादुर थापाको अध्यक्षतामा शिविरको उद्धघाटन सत्र भएको थियो । कार्यपालिकाकी उपप्रमुख भोजकुमारी नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका कार्यवहाक प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख लेखा अधिकृत भीमवहादुर खवास, गैडे सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष अमृतवहादुर कार्कीलगायतले नगरले कृषी, पशु, मत्स्यपालन लगायतमा किसानलाई राहत हुने कार्यक्रम ल्याएको बताएका थिए ।

यस्ता शिविरमा नगरपालिकाको आर्थीक व्ययभार हुनेहुँदा अधिकतम सदुपयोग गर्न कार्यक्रमका बक्ताले किसानलाई अनुरोध गरेका थिए । कार्यक्रमको सहजीकरण नगरका कर्मचारी विमल बास्कोटाले गरेका थिए ।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र झापाका डा संजय ढँुगाना, पशुप्राविधीक गणेश भट्टराई लगायत ७ जना पशुप्राविधिकले पशुको स्वास्थ्य परिक्षण गरेका थिए । सो शिविरमा २ सय भन्दावढी पशुको स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here