आरएमडीसी र सहकारी संस्थाहरु अन्तरसंवाद

0
564

झापा।

झापा जिल्ला सहकारी संघ लिमिटेडको आयोजना र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि.को वित्तीय तथा प्राविधिक सहयोगमा १ दिने अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।
झापा जिल्लामा रहेका सहकारी संस्थाहरु मध्ये ४७ संस्थाका एकसय जना भन्दा बढी प्रतिनिधीको उपस्थितिमा कार्यक्रम भएको हो ।

झापा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अतिथि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री माननिय श्री हिक्मत कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।

दिगो विकास लक्ष्य प्राप्तीका लागी सहकारी भन्ने नाराका साथ वित्तीय पहुँच अभिवृद्घि तथा उद्यमशिलाको विकास मार्फत देशमा आत्मनिर्भरता अभिवृद्धी र गरिबी न्यूनीकरण गर्न आरएमडीसी र सहकारी संघ संस्थाहरुको साझेदारीका साथै सहकारी संस्थाहरुले सामना गर्नु परेका बर्तमान समस्या तथा चुनौतीहरुका बारेमा जानकारी गराउने÷गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहकारीका अभियन्ताले आ आफ्नो धारणा राखेका थिए ।

जिल्ला सहकारी संघ झापाका सह सचिव भवानी प्रसाद दंगालले स्वागत गरेको कार्यक्रममा आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले देशको आर्थिक विकासमा सहकारीले खेल्न सक्ने भूमिकाका विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा आरएमडीसीका बरिष्ठ प्रबन्धक पृथ बहादुर थापाले आरएमडीसीको परिचय, उद्देश्य, संचालन गरिरहेका कार्यहरुका साथै साझेदार बन्न आवश्यक न्युनतम मापदण्ड तथा प्रक्रियाहरुको बारेमा जानकारी गराएका थिए ।
संघका सचिव युवराज ढकालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here