अर्जुनधारा–१० द्वारा विपन्न बालबालिकालाई कपडा वितरण

0
1060

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१० वडा समितिको आयोजनामा शुक्रबार एक कार्यक्रमकोबीच वडाका विपन्न बालबालिकालाई कपडा वितरण गरिएको छ ।

वडाध्यक्ष बलदेवसिंह गोम्देनको समन्वयमा शिवसताक्षी–९स्थित दुधे निवासी व्यवसायी कुमारी शेर्मा र भीम राईबाट उक्त कपडाहरु प्राप्त भएको वडाध्यक्ष गोम्देनले बताए ।

वडाध्यक्ष गोम्देनको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अन्र्तगत रहेका पाँच वटा टोलका ६० जना बढी बालबालिकालाई १२५ थान कपडा वितरण गरिएको वडा सदस्य भोला गौतमले जानकारी दिए ।

वडा सदस्य सीता परियार, नेपाली काँग्रेसका वडा सभापति यज्ञलाल श्रेष्ठ, टोल विकास समिति ४का संयोजक भानु मिश्र, वडा मेलमिलाप समितिका संयोजक जनक चौलागाईंलगायतले उनीहरुलाई उक्त कपडा वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य गौतमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here