कनकाई सुखानी शहिद स्मृति गोल्डकपको सेमिफाइनलमा

0
934

अर्जुनधारा ।

झापाको अर्जुनधारामा जारी प्रदेश नम्बर १ स्तरीय महिला फुटबल प्रतियोगिता सुखानी शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा कनकाई नगर खेलकुद विकाश समिति प्रवेश गरेको छ ।

अर्जुनधारा–९ स्थित नमुना खेलमैदानमा शुक्रबार सम्पन्न खेलमा चौदण्डी नगरपालिका उदयपुरलाई २–१ गोलअन्तरमा पराजित गर्दै कनकाईले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

कनकाईको जीतका लागि दोस्रो हाफको १४औं मिनेटमा कुसुम खतिवडा र २८औं मिनेटमा लक्ष्मी श्रेष्ठले १–१ गोल गरेका थिए । चौदण्डीका लागि पहिलो हाफको ३१औं मिनेटमा चोमोलुङ्मा राईले एक गोल गरेकी थिइन् ।

खेलको वुमन अफ दी म्याच घोषित कनकाईकी जुनु मगरलाई नमुना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भानु श्रेष्ठले नगद ३ हजारसहित ट्रफी प्रदान गरेका थिए ।

शनिबारको खेल पारिजात महिला फुटबल क्लब झापा र धनकुटा जिल्ला फुटबल संघबीच हुने आयोजक सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालका व्यवस्थापक पुष्प तिवारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here