त्रिफला २३औं बसन्तसम्म पुग्दा

२४ फाल्गुन २०७६, शनिबार मा प्रकाशित

प्रेमप्रकाश ‘फलाहारी’

झापाको धुलाबारी माविको प्राङ्गणमा पाँच जना बसेर २३ बर्ष अगाडि गरेको कुराकानीको परिणाम हो– त्रिफला राष्ट्रिय पुस्तकालय । ज्ञानोदयमा अलिकति ज्ञान पाएपछि, शारदा शिशुसदनको परिसरमा ०५३ बैशाख १ गते त्रिफला को न्वारन (नामकरण)दाताराम शर्माले गरेका थिए । यो नवजात शिशु स्याहार्ने अभिभारा पनि पाँच जनामध्येका प्रेमप्रकाश फलाहारीको काँधमा आयो । उनले आफ्नै बालख भन्ठानेर सात महिनासम्म आफ्नै आँगनमा सेकताप गरेपछि बामे सर्दै केही समय घुम्तीमा, एक वर्ष खनालका घरमा, एक वर्ष जति राजभण्डारीको घरमा र पाँच बर्ष खतिवडाका घरमा घर भाडा गर्दै बिरालाले छाउरा सारेझैं बसाई सार्दै–सार्दै जाँदासम्म पुस्तक, जमिन र भवनका कुराकानी, जमिनदर्ता, भवन शुभारम्भ गर्नमै नौ बर्षबिते छ । जमिनका पहिलो दाता देबेन्द्रबिक्रम नेम्वाङ जसले दान गरेको र समितिको आजीवन कोषबाट किनेको जमिन एकैठाउँमा मिलाएर त्यो बेलाका पूर्व क्षेत्रीय प्रशासक टीकाराम अर्यालको अथक प्रयत्नमा लुथ्रन बिश्वसेवा, क्यारिटस नेपााल, आरआरएन नेपाल लगायतका दाताहरु बाट विशेष आएको सहयोगले नै यो पुस्तकालय भवन ठडिएको हो ।

यसको स्याहार–सुसार गर्न बिभिन्न विधामा सघाउने सहयोगीहरु पनि त्यत्तिकै थिए, अहिले पनि छन् । त्यसमा पनि दाताराम शर्मा, प्रकाशचन्द्र मुखिया, गणेशबहादुर प्रसाई , छत्रबहादुर बस्नेत, दान खालिङ, पूर्णप्रकाश नेपाल यात्री , कृष्णप्रसाद पराजुली, योगीनरहरिनाथ, डा. स्वामी प्रपन्नाचार्य गणेशराज सिंह, इन्द्रबहादुर राई जस्ता महामानवहरु प्रमुख थिए । त्रिफलाको प्रगति हेर्न चाहने उनीहरु परलोक भए, तर उनीहरु अहिले पनि त्यहाँ के हुँदैछ भनेर देवलोकबाट हेरिरहेका होलान् ।

अहिलेको प्रदेश नं. १को धुलाबारीमा अवस्थित मेचीनगर–१०को नन्दा टोल (त्रिफलामार्ग)मा रहेको यस पुस्तकालयको नाममा २ कठ्ठा ५ धुर जमिन छ । यहाँ अहिले तीन तले पक्की भवन सम्पन्न गर्ने क्रममा बाहिर रंगरोगन पनि भइसकेको छ । समालोचक गणेशबहादुर प्रसाईंको सक्रियतामा राष्ट्रिय बिभूति युवा कबि मोतीरामभट्टको (प्रथम) पूर्णकदको शालिक स्थापना गरेर मोती साहित्य चौतारी घरमा सजाएर राखिएको छ । यहाँ हरेक बर्ष तोकिएको संस्थापक समितिबाट छनौट भएका श्रष्टालाई दाता छत्रबहादुर बस्नेतले स्थापना गरेको अक्षय कोषको ब्याजबाट मोती साहित्य पुरस्कार वितरण गरिन्छ । यसै जमिनभित्र पुरस्कारका अर्का ठूलादाता, समाजसेवी कबि छत्रबहादुर बस्नेतको पनि मोतीकै नजिक शालिक राखिएको छ ।

यस कामका सहयोगीहरु एक सय परिवार छन् । यसैपरिसरमा ३२ सय बर्गफिटको तीन तले भवन को सभाकक्षमा २०७६ सालको बसन्त पञ्चमीका शुभ अबसरमा भव्य रुपमा सरस्वती पूजा गर्ने र कृति बिमोचन गर्नुका साथै नेपाली भाषा साहित्यका ऋषि इन्द्रबहादुर राईका स्मृतिमा पुस्तकालयको मुखपत्र त्रिफला दर्पण २२ औं पुष्प प्रकाशन गरेर सार्बजनिक गरियो । हुनतः यसअघि पनि हजार पृष्ठ भएको समालोचक गणेशबहादुर प्रसाई स्मृति ग्रन्थ डा. गोबिन्दराज भट्टराईको प्रधान सम्पादकत्वमा पुस्तकालयले प्रकाशमा ल्याई सकेको छ । त्रिफला राष्ट्रिय पुस्तकालयको सभाकक्षमा दर्जनांै कार्यक्रम हुन्छन् ।

बर्षमा नियमित तीनवटा ठूल्ठूला कार्यक्रमहरु गरिन्छन् । जसमध्ये यसपटक सरस्वती पूजा तथा कृति विमोचन कार्यक्रम साहित्यकार एवम् पूर्व सम्मानित व्यक्तित्व डाक्टर तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भयो । उहाँले पुस्तकालयको मुखपत्र आइवी राई स्मृति अंक त्रिफला दर्पणको बिमोचन गर्नुभयो साथै देशविदेशका बिभिन्न श्रष्टाहरुका अन्य नौ वटा कृतिहरुको समेत सोही अवसरमा बिमोचन गरियो ।

मेचीनगर नगरपालिकाले २०६२ तिर यस पुस्तकालय का वरिपरि पर्खाल लगाएर संरक्षणमा टेवा पु¥याएको थियो । शिक्षा नीति अनुरुप पूर्बको १ नं प्रदेशमा भव्यतापूर्वक पुस्तकालय दिवस मनाइन्छ । शिक्षा बिकास मन्त्रालय नगर शिक्षा समितिमार्फत सहयोग माग हुन्छ, बजेट छुट्टिन्छ र आश्वासन पनि पाइन्छ तर त्यो नगरपलिकाबाट छुट्याइएको रकम उपलब्ध नहुँदा दुःख लाग्छ । यस पुस्तकालयले नगरदेखि केन्द्रसम्म पुगेर पुस्तकालयका गोष्ठीहरु धेरे गरिएका छन् । २०७६सम्म आइपुग्दा यो पुस्तकालय भवनको रंगरोगन गर्ने नगरपालिकासँग सम्झौता भयो । चालू आर्थिक वर्षको नगर बजेट रकम फछ्र्यौट नहँुदा कर्जा गरेरै भए पनि भबनको बाहिरी भागमा रंग त लगाइयो तर सम्झौता अनुसार रकम फछ्र्यौट होला भन्ने आशामा बस्नु परेको छ ।

उता दुई बर्षअघिदेखि पुस्तकालय दिवसको आदेशानुसार माग भएको रकम पाइएको छैन । यहाँ बिज्ञान प्रबिधि मन्त्रालय सूचना प्रबिधि बिभागले ५वटा कम्प्युटर प्रिन्टर ल्यापटप आदि दिएको छ तर बिषयविद् कर्मचारी नहँुदा ति यसै थन्किएर बसेका छन् । पुस्तकालयको दिगो आयकोष नहुँदा धेरै कठिनाई झेल्नु परेको छ । यहाँ यति धेरै संरचना र उपकरणहरुको व्यवस्थापन गरिए पनि दिगो आयश्रोतको अभाव र कर्मचारीको अभावले यतिखेर ती बहुमूल्य संकलनहरु उपयोग हुन सकेको छैन । पुस्तकालयको आन्तरिक श्रोतबाट राखेको एकजना स्वयम्सेबिकाबाट मात्र कति कामहरु कसरी होलान् ? पुस्तकालयलाई पुस्तक अनुदान दिनेको लर्को लागेको छ । पुस्तक राख्ने ¥याक–दराजको अभाव छ ।

यहाँ तत्काल तीनजना पुस्तकालयबिद् कर्मचारीको अभाव छ । स्थानीय सरकारबाट सो पूरा होला भेनेर कुरिरहेका छौं । अनेकौ भाषा र बिधाका पुस्तक करिव चालीस हजारभन्दा अधिक पुगिसके पनि स्थानीय निकायबाट ती पुस्तक व्यवस्थापनमा कर्मचारी पुस्तकालयले पाउन सकेको छैन । पुस्तकालयको तेश्रो तलामा आवासीय बिद्युतीय पुस्तकालय बनाउन सहयोगी जुटाउने अभियान लिएर विश्व साहित्य यात्रामा निस्कनुभएका मनिषी प्रा.डा. गोबिन्दराज भट्टराईले यस पुस्तकालयको तेश्रो तलामा अतिथि आवास कक्षको अवधारणा अघि सारेपछि भारतका श्रष्टा लीलबहादुर छेत्री, कोरियाका डा. जेएस पार्क, अमेरिका डा. ग्रेगोरी मास्करेनिक, टीका ढुंगाना, सिक्किम संयोजक टीका ढुङ्गेल अष्ट्रेलियाका ओमनाथ खनाल, दार्जीलिङका ऋषि राई शिलगढी (भारतका) मुक्ति उपाध्याय पौडेल, काठमाडौका पूर्वप्रशासक श्रीमन श्रेष्ठ , बरिष्ठ गीतकार, साहित्यकार हरिभक्त बुढाथोकी, उपत्यका समितिका महासचिव तोयानाथ फुँयल इतिहासकार एसपी आशा, शिक्षाका उपसचिव यादवचन्द्र निरौला, चितवनका लीलाधर उपाध्याय लगायत झण्डै दुई सयजनाले त्रिफलाको अतिथि आवास कक्षका निम्ति दश हजारका दरले सहयोग गर्नु हुने भएको छ । आवास कक्षको संस्थापक बनाउने काम र सो रकमबाट आवास कक्षका कोठा निर्माण गर्ने काम युद्धस्तरमा हँुदैछ ।

पुस्तकालयको दिगो बिकासका लागि कार्यसमिति लागेको छ । एउटा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने समितिको योजना रहेको छ । त्यस्तै स्थायित्वका लागि स्थायीकोषको स्थापना गर्ने अवधारणा पनि पुस्तकालयले अघि सारेको छ । जसको शुरुवातमा काठमाडौका पूर्व प्रशासक श्रीमन श्रेष्ठदेखि प्रा.डा. गोबिन्दराज भट्टराई समेत नौ जना रू. एक÷एक लाखका दरले नगद रकम दिएर स्थायी अक्षयकोषका संस्थापक बन्नुभएको छ । यसमा एक सय जना पु¥याउने र सय जनाबाट आएको रु. एक करोडको अक्षयकोष राखेर सोको व्याजबाट रु. १०लाख रकम संस्थाको पानी, बत्ती, टेलीफोनको महशुल र कार्यक्रम सञ्चालन जस्ता काममा खर्च गर्ने योजना बनाइएको छ । कर्मचारीको व्यवस्थापन गर्ने र दिगो बिकास गुरु योजना निर्माण आदि कार्यहरु भने केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारको बिशेष सहयोगबाट हुनु नितान्त आवश्यक छ ।

(अध्यक्ष, त्रिफला राष्ट्रिय पुस्तकालय)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here