गुरु गजाधरको‘म मेरो होइन’

२४ फाल्गुन २०७६, शनिबार मा प्रकाशित

पुस्तक समिक्षा

गंगाराम गड्तौला,

गजाधर कुइँकेल । आध्यात्मिक गुरु । उनलाई आध्यात्मिक उपचारक पनि भनिन्छ । अध्यात्मवादी सोच राखेर उपचार गराउने गजाधर कहाँ आउने बिरामीको सङ्ख्या कुनै क्लिनिकको भन्दा कम छैन । गजाधर कुइँकेल आध्यात्मिक चिन्तक हुन् । औपचारिक शिक्षाका नाममा उनी साक्षर मात्रै हुन् । तर, उनको गहन चिन्तन र स्वअध्ययनले उनलाई चिन्तक बनाएको छ । मृदुभाषी, मिजासिलो बानी र सेवामुखी सोचाइका कारण उनी सबैका प्रिय बनेका छन् ।

साविक शान्तिनगर गाविस वडा नं. २ (हाल बुद्धशान्ति–६) को सन्तपुरमा वि. सं. २०१७ सालमा जन्मेका गजाधर किशोर अवस्थामा अचानक बिरामी परे । त्यो बिराम अचम्मको थियो । बिराम निको भएपछि उनले बोलेको कुरा पूरा हुन थाल्यो । उनको त्यो चमत्कारिक परिवर्तनपछि उनी कहाँ टाढा–टाढाबाट बिरामी आउन थाले । मानिसहरूको बाक्लो उपस्थितिका कारण घरमा उपचार सम्भव नभएपछि स्थानीय गङ्गाप्रसाद खतिवडाले एक कठ्ठा जमिन दिइ मन्दिर स्थापना गरियो । हाल सिद्धेश्वर मन्दिरका रूपमा शान्तिनगरमा त्यो मन्दिर छँदैछ ।

तर गजाधर गुरु भने जीवनयापनका क्रममा विभिन्न हन्डर–ठक्कर खाँदै हाल बिर्तामोडमा बसोबास गर्दै आएका छन् । मृदुभाषी, मिजासिलो बानी र सेवामुखी सोचाइका कारण उनी सबैको प्रिय बनेका छन् । २०३७ सालदेखि शुरु गरेको उनको फरक उपचार पद्धति नै हालको पेसा हो । उनको अलौकिक उपचारबाट पूर्णतः निको भएका मानिसले उनलाई भगवान् सरह मान्दछन् । निःस्वार्थ र निःशुल्क रूपमा कुनै पनि तन्त्र–मन्त्र बिना नै उपचार गर्नु उनको विशेषता हो । ‘गजाधर गुरु’का नामले परिचित कुइँकेलको पद्धति अनौठो किसिमको छ । बिरामीलाई स्पर्श गर्नासाथ निको पार्छन् । उनको यो पद्दतिलाई कसैले ‘दैवी शक्ति’ र कसैले ‘अलौकिक शक्ति’ मान्ने गरेका छन् । चिकित्सक र अस्पतालले फिर्ता गरिदिएका बिरामी समेत उनी कहाँ आएपछि सामान्य अवस्थामा फर्केका थुपै्र उदाहरण छन् ।

गजाधर कुइँकेलको उपचारबाट प्रभावित बनेका र उनलाई नजिकबाट नियालिरहेका केही सामाजिक व्यक्तित्वहरूको प्रयासमा उनको संरक्षण समिति समेत बनिसकेको छ । यिनै गजाधर कुइँकेलको आत्म वृत्तान्त हो– म मेरो होइन । एक सय ६४ पृष्ठको यो पुस्तक प्रकाशनको तयारीमा छ । गुरु गजाधर संरक्षण समितिले प्रकाशन गर्न लागेको ‘म मेरो होइन’ यही फागुनमा विमोचन गरिने जनाइएको छ । यसभित्र गुरु गजाधरको सङ्क्षिप्त जीवनीका साथै उनको उपचार पाएर पुनर्जीवन प्राप्त गर्ने बिरामी तथा तिनका आफन्तले लेखेका लेखहरू समेटिएका छन् । उनलाई बाल्यकालदेखि नै चिन्ने तथा उनको उपचारलाई राम्ररी अवलोकन गर्ने व्यक्तिहरूले पनि आफ्नो अनुभव प्रस्तुत पुस्तकमा आफ्ना विचार राखेका छन् । पूर्वाञ्चल दैनिक, मेची टाइम्स लगायत विभिन्न अन लाइन मिडियामा प्रकाशित गुरु गजाधर सम्बन्धी लेख पनि यस पुस्तकमा पढ्न पाइने छ ।

हातको स्पर्शका माध्यमबाट उपचार गराउने गुरु गजाधरको यो सेवामुखी कार्यको प्रचार–प्रसार हुनु जरुरी छ । चिकित्सकीय उपचारबाट निको नभएका र पीडा सहेर बसेका बिरामीसम्म उनको उपचार पद्धति पु¥याउनु आवश्यक छ । पैसा नहुने तथा अस्पतालबाट सम्भव नहुने रोगका लागि गुरु गजाधर रामवाण हुन् । उनको यही उपचारलाई धेरैभन्दा धेरै मानिस समक्ष पु¥याउन यो पुस्तक प्रकाशन गर्न लागिएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here