अर्जुनधारा जलेश्वर धामको ३१औं सभा सम्पन्न

0
931

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिको ३१औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।

समितिका अध्यक्ष नविन गट्टानीको अध्यक्षता र अर्जुनधरा नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य उपाध्यक्ष भीमचन्द्र भट्टराईले गरेका थिए ।

कार्यक्रममा अध्यक्ष गट्टानीले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मनोज जोशीले आर्थिक प्रतिवेदन गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्ष ०७५÷०७६को जम्मा आम्दानी एक करोड ५१ लाख ८८ हजार सात सय ७५ रुपैयाँ १० पैसा, जम्मा खर्च एक करोड ४१ लाख ५४ हजार दुई सय ३६ रुपैयाँ १२ पैसा र जम्मा बचत १० लाख ३४ हजार पाँच सय ३८ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै चालु आर्थिक वर्ष ०७६÷०७७को पुस मसान्तसम्मको जम्मा आम्दानी ७३ लाख दुई हजार एक सय ९२ रुपैयाँ १६ पैसा र जम्मा खर्च ९४ लाख २२ हजार चार सय ४७ रुपैयाँ रहेको छ ।

प्रमुख अतिथि उपप्रमुख आचार्य, पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, धामका सल्लाहकार उद्धव थापा, आजीवन सदस्य सरस्वती सिटौला गोललगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here