कचनकवल गाउँपालिकाको एम्बुलेन्स सेवा सुरु

0
928

झापा,

कचनकवल गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। कचनकवल–६ बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहने गरी एम्बुलेन्स सेवा शुक्रबारदेखि सुरु गरिएको हो।

सेवाको शुभारम्भ गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले गरे। कचनकवल गाउँपालिका र अन्तर्राष्ट्रिय झापाली समाजले करिब १० लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरेको अध्यक्ष आलमले जानकारी दिए।

गाउँपालिकामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ।गाउँपालिकाभरी एम्बुलेन्सले सेवाग्राहीबाट ५०० रुपैयाँ र जिल्लाभरि प्रतिकिलोमिटर ग्राभेल सडकमा २५ रुपैयाँ र कालोपत्रे सडकमा २२ रुपैयाँ लिने दररेट गाउँपालिकाले तोकिसकेको छ।

जिल्लाबाहिर प्रतिकिलोमिटर १८ र पहाडी जिल्लामा प्रतिकिलोमिटर ५० रुपैयाँ तोकिएको गाउँपालिकाका कर्मचारी विकास घिमिरेले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here