मोरङ।

एनआईसी एसिया बैकले ग्राहकलाई सुविधा दिने उद्देश्यले मुलुकभर ५९ वटाको संख्यामा शाखा रहित बैकिङ काउन्टर पुर्याएको छ । शुक्रबार मोरङको कानेपोखरी–४, स्थीत बयरवन बजारमा पाथीभरा सुनचाँदी पसललाई एसिया बैंकको शाखारहित बैंकिङ् काउन्टरको अख्तियारी दिएपछी यो संख्या ५९ पुगेको हो । उक्त काउन्टरको मातृत्व रमाईलो शाखाले प्रदान गरेको काउन्टरका संचालक यामप्रसाद पौड्याल(उमेशं)ले बताए ।
कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले एक कार्यक्रमका बिच रिवन काटेर उद्घाटन गर्दै सेवा सुरु गरेका हुन । उक्त काउन्टरबाट सेवाग्राहीले बैकवाट पाउने सवै सुविधा पाउने एनआईसी एसिया बैंक रमाइलो शाखाका प्रमुख ताराणी प्रसाद दाहालले बताए । बयरवन बजारमा एनआईसी एसिया बैकको साखा रहित काउन्टर संचालन भएपछी दक्षिणी कानेपोखरीका हजारौ सेवाग्राहिले सुविधा पाउने छन ।
यस अघि साविकको वयरवन गाविसका सेवा ग्राहि रमाईलो शाखामा पुग्नुपर्ने कहर थियो । अव, वडा नं. ४ सहित कानेपोखरीका १,२,३,५ र पथरी शनिश्चरे नगरपालिकाका केहि वडाका स्थानीयले सुविधा पाउने भएका छन । सामाजिक सुरक्षा भत्ता समेत बयरवनको साखा रहितको काउन्टरबाट पाउने बैकले जनाएको छ ।
उक्त काउन्टरबाट एटिएमको सुविधा, एनआईसी रेमिट, नगद जम्मा, भुक्तानी, कर्जा सिफारिस र खाता खोल्न सकिने भएको छ । कानेपोखरीको बयरवन बजार ग्रामीण भेग भएपनी सातामा दुईपटक बजार लाग्ने गरेको छ । बुधबार र शनिवार हजारौको भिडमा बयरवन बजार लाग्ने गरेको छ ।
वैदेशीक रोजगारी, जागीरका सिलसिलीमा बयरवन बजार वाहिर रहेका र स्थानीय व्यपारीलाई एनआसी एसिया बैकको साखा रहित काउन्टर संचालन मा आएपछी फाईदा पुगेको छ । यस अघि वयरवन बजारमा दुईवटा सहकारी बाहेक बैक तथा वित्तिय संस्था थिएनन् ।
कार्यक्रममा एनआईसी एसिया बैंक उर्लाबारी शाखा प्रमुख कृष्णबहादुर कार्की, पथरीशाखा प्रमुख विजय विष्ट, लेटाङशाखा प्रमुख मेघ तामाङ, बेलबारी शाखा प्रमुख रमेश न्यौपाने सहभागी थिए ।
कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई, वडासदस्य शिव दुलाल र सावनी माझी, समाजसेवी सुनिलदत अधिकारी, युवा नेता मनोज राजवंशी लगायतले एनआईसि एसिया बैकले घना बस्तीमा सर्वसाधरणलाई सेवा दिने उद्देश्यले वैकिङ साखा रहितको काउन्टर स्थापना गरेर राहत प्रदान गरेको बताए ।






























