जिल्ला स्तरीय व्याडमिन्टन शुरु

0
673

बिर्तामोड।

झापाको बिर्तामोडमा शनिवारबाट जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिता २०७६ शुरु भएको छ । स्वस्थ जीवनका लागि खेलकुद भन्ने नारासहित शुरु भएको प्रतियोगितामा २४ टिमले भाग लिएका छन् । लायन्स क्लव अफ अनारमनीको आयोजनामा भएको जिल्ला स्तरीय प्रतियोगिताको उद्घाटन लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान एरिया चिफ लीला चिमरियाले गरेका थिए ।

लायन्स क्लव अफ अनारमनीका अध्यक्ष शैलेन्द्रकुमार कुरुङ्वाङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा खुल्ला डबल र खुल्ला भेट्रानमा २४ टिमले प्रतिष्पर्धा गरिरहेका छन् । आइतवार क्वाटर र सेमीफाइनलका खेल हुने बताइएको छ ।

व्याडमिन्टन खेलाडी उत्पादन गर्ने, युवालाई दुव्र्यसनबाट मुक्त राख्ने, व्याडमिन्टन खेलको प्रचार गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष कुरुङ्वाङले बताए ।
प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका अतिथि समेत रहेका लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान एरिया चिफ चिमरियाले लायन्सले सामाजिक कामसंगै अन्य सकारात्मक काम पनि गर्दै आएको बताए ।

मानिसलाई स्वस्थ रहन खेलकुद महत्वपूर्ण रहने भएकाले यस खाले प्रतियोगिता हुन आवश्यक रहेको बिर्तामोड निवासी सञ्जीव घिमिरेको भनाइ छ । फागुन २६ गते समापन हुने प्रतियोगिता बिर्ता व्याडमिटन क्लबको कवर्ड हलमा भइरहेको छ ।

प्रतियोगिताका खुल्ला डवलका बिजेताले नगद २० हजार, उपविजेताले नगद १५ हजार र तेस्रो हुने टिमले नगद पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै भेट्रान डवलका विजेताले नगद १५ हजार र उप विजेताले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको उद्घाटन सत्रमा लायन्स मिनप्रकाश मैनाली, रवीन्द्र भट्टराई लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here