विप्लवका विद्यार्थी नेता पक्राउ

0
765

झापा।

प्रहरीले भोजपुरबाट नेत्रविक्रम चन्द ’विप्लव’ का विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।

विप्लव समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) भोजपुर जिल्ला समिति सदस्य आत्मा राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको हो ।

राईलाई शनिबार भोजपुरको पौवादुङमा गाउँपालिका –१ श्यामशिलाको यलम्बर चोकमा रहेको एक होटलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए ।

राईको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले केही दिनअघि विप्लव समूहका जिल्ला सदस्य सुमित परियारलाई भोजपुरको कोटबाट नियन्त्रणमा लिएको थियो । पूर्वी जिल्लाबाट प्रहरीले विप्लव माओवादीका कार्यकर्ता धमाधम पक्राउ गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here