मेची क्राउनमा विद्यार्थीको आकर्षण

0
1273

बिर्तामोड।

झापा धुलाबारीमा रहेको पाँच तारे होटल मेची क्राउनमा होटलमा म्यानेजमेन्टमा अध्यनरत् बिद्यार्थीको आकर्षण बढेको छ ।

उक्त होटलमा पूर्वका होटल म्यानेजमेन्ट बिषय अध्ययन गराउने बिभिन्न कलेजहरुले बिद्यार्थीहरुलाई भ्रमणको लागि लैजान थालेका हुन् । पूर्वमा पाँच तारे होटल सञ्चालन नहुँदाको अवस्थामा यहाँका कलेजहरुले काठमाडौं, पोखरा र भारतसम्म बिद्यार्थी भ्रमणका लागि लाने गर्दथे । अहिले भने मेची क्राउन एचएम सम्बन्धी बिद्यार्थीहरुको लागि अध्ययन भ्रमण र इन्ट्रनसिपको उपयुक्त थलो बनेको छ ।

होटल म्यानेजमेन्ट बिषयको फ्रन्ट अफिस, हाउस किपिङ्ग, फुड एण्ड वेभरेज र फुड प्रोडक्सन सर्भिसको प्रयोगात्मक सिकाइ र अध्ययनको लागि बिद्यार्थीहरुलाई होटल लैजाने गरेकोमा मेची क्राउनमा अहिले हप्ताको दुईवटा कलेजहरुले बिद्यार्थी भ्रमणका लागि ल्याउने गरेको होटलका प्रबन्धक नितेश पोखरेलले बताए ।

पाँच तारे होटलको व्यवस्थापन र खानपानको बिषयमा बिद्यार्थीहरुलाई जानकारी गराउन पाउँदा होटलको प्रचार सँगै उनीहरुको सिकाइ राम्रो हुने पोखरेलले बताए । एचएम अध्ययन सकेपछि त्यही बिद्यार्थीहरुले होटलमा रोजगारको अवसर पनि पाउने होटलको योजना रहेको पोखरेलले बताए । पछिल्लो समय होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढेको र पूर्वमा सञ्चालित कलेजका बिद्यार्थीहरु होटलमा नै काम गर्ने भएकाले पनि मेची क्राउन सबैको रोजाइ बनेको उनले बताए ।

दि पिक म्यानेजमेन्ट प्रालिबाट सञ्चालित मेची क्राउनले एचएम अध्ययन गर्ने बिद्यार्थी तथा कलेजहरुसँग सदैव सहकार्य गर्ने पिकका अध्यक्ष दीपक लेखकले बताए । अहिलेसम्म बिभिन्न स्थानका पाँच वटा कलेजले होटलमा अध्ययन भ्रमण गराइसकेको समेत उनले जानकारी दिए । बिर्तामोडमा रहेको इस्र्टन इम्पायर कलेज अफ होटल मेनेजमेन्टका सञ्चालक आलोक कार्कीले मेची क्राउन बिद्यार्थीका लागि इन्ट्रनसिप र भ्रमणको लागि उपयुक्त थलो बनेको बताए ।

उनले बिद्यार्थीका लागि पाँच तारे होटलको व्यवस्थापन र खानपान सम्बन्धी अध्ययन भ्रमण सम्बन्धी कोर्ष नै हुने गरेको र पाँच तारे सुबिधाको होटल नहुँदा हामीले बिद्यार्थीलाई काठमाडौं, पोखरादेखि भारतसम्म लानुपर्ने बाध्यता भएको बताए । मेची क्राउनको सञ्चालनले त्यस्तो बाध्यता हटेको बताउँदै उनले एचएम पढ्ने बिद्यार्थीको करियर र क्षमतालाई थप निखार्ने अवसर प्राप्त भएको जानकारी दिए ।

उक्त कलेजले आफ्ना ९० जना बिद्यार्थीलाई होटलको अध्ययन भ्रमण गराएको र भ्रमणमा सहभागी बिद्यार्थीहरु पाँच तारे होटल मेची क्राउनकोे अध्ययन भ्रमण गर्न पाउँदा निकै उत्साहित बनेको कार्कीले बताए ।

डेढ अर्ब लगानीमा निर्माण भएको मेची क्राउन आगामी बैशाखदेखि सञ्चालनमा आउने अन्तिम तयारीमा छ । मेची क्राउन होटलको व्यवस्थापन पहिलो नेपाली कम्पनी ‘दी पिक हस्पिटालिटी’ले लिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here