कनकाईमा गंगा आरती

0
1582

चारपाने।

झापाको पवित्र धार्मिक नदी कनकाई माई पूर्वीतटमा कनकाई माई गंगा आरती गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन र वातावण संरक्षण र शुद्धीकरण गर्ने अभियान अनुसार कनकाई माई गंगा आरती गरिएको आयोजक संस्था ग्लोवल मल्टी कल्चर अर्गनाईजेशन नेपालका अध्यक्ष लक्ष्मीप्रसाद बुढाथोकीले बताएका छन् ।

पशुपतिनाथ मन्दिर बाग्मती तटका १३ बर्षअघि बाग्मती गंगा आरती शुरु गराएर हालसम्म दैनिक आरती हँुदै आएको र कनकाईमा पनि समय मिलाएर नियमित आरती सञ्चालन गरेर कनकाईमा धार्मिक पर्यटक भित्र्याउन सकिने अध्यक्ष बुढाथोकीले बताए । उनले मानिसको मन र वातावरण शुद्धीकरण गर्न आरतीले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।

कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको व्यवस्थापन, कनकाई नगरपालिका र कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम संरक्षक रहने गरी शुरु गरिएको आरतीमा पाँच जना धार्मिक कलाकारहरुले गंगा आरती गरेका थिए । आरतीमा धुप, वाती, कपुरद्वारा द्वीप प्रज्ज्वलित गरिएको थियो ।

संध्या गंगा आरती शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद हिराकुमार थापा, नेपालकी पहिलो महिला शंकराचार्य हेमानन्द गिरी, स्वामी भागवताचार्य, नेपाली कांग्रेसका नेता देउकुमार थेवे, बिर्तामोड नगर प्रमुख ध्रुबकुमार शिवाकोटी, कनकाई नगर उपप्रमुख मञ्जु प्रसाई, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतले कनकाई गंगा आरती शुरुवात हुनु कनकाईको मात्र नभएर आम झापावासीको लागि गौरवको कुरा भएको बताए ।

कनकाई गंगा आरतीलाई निरन्तता दिन चुनौति भए पनि धर्म संस्कृतिको संरक्षण सँगै सामाजलाई आर्थिक उन्नतीको मार्गमा डोहो¥याउने काम गर्नु सबैको दायित्व भएकोले कनकाईका सबै संघ–संस्था नागरिक समाजले गंगा आरती सञ्चालनको लागि दिगो आर्थिक व्यवस्थापन जुटाउन लाग्नु पर्ने कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरियाले बताए ।

कार्यक्रमा वरिष्ठ भजन गायक धर्म दास बुढाथोकीले भजन प्रस्तुत गरेर उपस्थित दुई हजारभन्दा बढीलाई मन्त्रमुग्ध गराएका थिए । कार्यक्रमको सञ्चालन कनकाई उद्योग वाणिज्य संघका महासचिव तुलसी विमलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here