लेटाङ सुखानी शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा

0
825

अर्जुनधारा ।

मोरङको लेटाङ फुटबल क्लब झापाको अर्जुनधारामा जारी प्रदेश नम्बर १स्तरिय महिला फुटबल प्रतियोगिता सुखानी शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अर्जुनधारा–९स्थित नमुना खेलमैदानमा आइतबार सम्पन्न भएको खेलमा ते¥हथुमको म्याङलुङ नगर खेलकुद विकाश समितिलाई ३–१ गोल अन्तरमा पराजित गर्दै लेटाङ सेमिफाइनल प्रवेश गरेको हो ।

लेटाङको जीतको लागि पहिलो हाफको २६औं मिनेटमा एमा राई, ३५औं मिनेटमा सपना मगर र दोस्रो हाफको ३०औं मिनेटमा आशा लिम्बूले गोल गरेका थिए । पराजित टिम ते¥हथुमका लागि दोस्रो हाफको १२औं मिनेटमा एनिन लिम्बूले गोल गरेकी थिइन् ।

खेलको वुमन अफ दी म्याच घोषित लेटाङकी सावित्रा मगरलाई प्रदेश १का सांसद् एवम् आयोजक सुखानी शहीद स्मृति प्रतिष्ठानका उपाध्यक्ष अर्जुन राईले नगद ३ हजारसहित ट्रफी प्रदान गरेका थिए ।

सोमबारको खेल माउण्ट एभरेष्ट स्र्पोटीङ क्लब सुनसरी र कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङबीच हुने आयोजक प्रतिष्ठानका व्यवस्थापक पुष्पलाल तिवारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here