महिला दिवसको अवसरमा माक्स वितरण

0
928

झापा ।

११० औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर मातृभाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाले माक्स वितरण गरेको कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षता तथा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका लेखा समितिका संयोजक टंक दवाडीले स्वागत गरेका थिए ।

कार्यक्रममा विर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला , विर्तामोड ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देन , विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी , इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मुकुन्द रिजाल लगायतले कोरोना भाइरसको त्रासले वजारमा माक्सको कालोवजारी भइरहेका वेला मातृभाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाले माक्स वितरण गरेकोमा संस्थाको प्रसंशा गरेका थिए ।

कार्यक्रममा पाँच सय भन्दा वढी माक्स वितरण गरिएको संस्थाका अध्यक्ष खड्गप्रसाद दाहालले वताए । उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत यस्तो कार्य गरेको वताए ।

कार्यक्रममा अञ्जली हस्पिटल बिर्तामोडका डा. शतिस शाहले कोरोना भाइरसवाट बच्न अपनाउनुपर्ने सावधानीवारे सहभागिलाई जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी शेयर सदस्य नैनकला भट्टराईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here