जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न

0
879

बिर्तामोड,

लायन्स क्लव अफ अनारमनीको आयोजना झापाको बिर्तामोडमा जारी जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि खुल्ला डवल तर्फ सुदेन राई र प्रकाश राईले हात पारेका छन् ।
आज भएको फाइनल खेलमा प्रणिष ठकुरी र महेन्द्र श्रेष्ठलाई पराजित गर्दै राईद्वयले प्रतियोगिताको उपाधि हात पारेका हुन् ।


उपाधिसंगै उनीहरुले नगद २० हजार ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।
त्यस्तै प्रणिष ठकुरी र महेन्द्र श्रेष्ठ प्रतियोगितामा दितीय स्थान हासिल गर्दै नगद १५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र हात परे । चाणक्य पाठक, नवीन सिलवाल, तथा विशन राई र ध्रुव दाहाल तृतीय हुँदै नगद १० हजार सहित ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।
यता भेट्रान डवल तर्फ संजय भक्तराज तथा कुमार गिरीले प्रतियोगिताको उपाधि हात पारेका छन् । यो संगै उनीहरुले नगद १५ हजार रुपैयाँ तथा ट्रफी र प्रमाणपत्र हात परे ।
त्यस्तै देउकुमार राई र गंगा फेदावेले दितीय स्थानमा चित्त बुझाए । उनीहरुले नगद १० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
भेट्रान खुल्ला डवल तर्फ इन्द्रजीत मुखिया र राजकुमार राई तथा कुलदीप चौधरी र रुद्रवहादुर सारुले तीतृय स्थान हासिल गर्दै नगद ५÷५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।
प्रतियोगिता फागुन २४ गतेदेखि बिर्ता व्याडमिटन क्लबको कवडहलमा शुरु भएको थियो । प्रतियोगितामा २४ टिमले सहभागीता जनाएको आयोजक समितिका अध्यक्ष शैलेन्द्रकुमार कुरुङ्वाङ्गले जानकारी दिए ।
प्रतियोगितामा अन्तराष्ट्रिय रेफ्री पुष्पा घिमिरे र भानु सिटौलाले निर्णायकको भूमिका निवाह गरेका थिए ।

प्रतियोगिता समापन समारोहमा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ एवानका डिस्ट्रिक गर्भनर इन्द्र राजन खत्रीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच विजेतालाई पुरस्कार वितराण गरिएको थियो ।

सो समारोहमा नेपाल व्याडमिन्टन क्लवका केन्द्रीय सदस्य विनोद वस्नेत, सामजसेवी राजकुमार पोखरेल, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगिता सम्पन्न गर्न सहयोग पु¥याउने दातालाई सम्मान समेत गरिएको कार्यक्रमको सञ्चालन रविन्द्र भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here