बिर्तामोडका ४ का १६ महिलालाई सिपमूलक तालिम

0
1304

बिर्तामोड,

झापाको बिर्तामोड– ४ मा रहेको सुन्दर बचत आमा समूहले समुदायका १६ जना महिलाहरुलाई आत्मनिर्भर बनाउने प्रयत्न गरेको छ ।


उनीहरुलाई ४ नम्वर ४ को सहयोगमा समूहले विभिन्न सिपमुलक तालिम प्रदानन गर्दै आत्मनिर्भर बनाउने प्रयास गरेको हो । महिलालाई समूहले १० दिनसम्म सिपमुलक तालिम प्रदान गरेको छ ।
तालिममा अतिथिका लागि ब्याज बनाउन, कपडाको झोलाबाट माला बनाउन, काठको भुसबाट र ढुङ्गाको डष्टबाट पेन्टिङकाो सामग्री बनाउन, त्यस्तै लालिगुरासको फूल, गुलावको फूल, स्टेज डेकुरेसनको सामग्री बनाउन सिकाइएको छ ।


तालिममा सहभागी महिलाहरुलाई सुन्दर बचत आमा समूहकी कोषाध्यक्ष तथा प्रशिक्षक गंगा शिवाकोटी ढकालले प्रशिक्षण प्रदान गरेकी थिइन् । तालिम समापन समारोहमा बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाईले सिकेको सिपलाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिएकी थइन् ।
समूहकी अध्यक्ष तुलसा लुइटेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समूहकी सदस्य गीता थपलियाले गरेका थिइनन् । कार्यक्रममा बिर्तामोड वडा नम्वर ४ का अध्यक्ष कुलप्रसाद संग्रौला, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनाल, समाजसेवी भगवती मेचे खरेल, प्रशिक्षार्थी यमुना आचार्य लगायतले बोलेका थिए ।
कार्यक्रमको संचालन समूहकी सदस्य सूशीला पाठकले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here